कृषिता अधिकारी (निशा)
आधुनिक तथा प्राविधिक समयसँगै अहिलेका बालबालिका निकै स्मार्ट र जिज्ञासु स्वभावका हुने गर्दछन् । कुनै नयाँ–नयाँ खोजमूलक कुरा पच्छ्याउन खोज्छन् तर नयाँ नयाँ समय सान्दर्भिक जानकारीहरु कतिपय अवस्थामा विद्यालयको शिक्षामा नहुन वा नपुग्न सक्छ । किनकि ज्ञान आर्जनका लागि अहिले किताव वा विद्यालयमा मात्र निर्भर रहनुपर्ने अवस्था पनि खासै छैन । किनकि बालमस्तिष्क निकै चञ्चले जिज्ञासु र जान्नैपर्ने हुनेहुन्छ । उनीहरुले विभिन्न माध्यामबाट आफ्नो जिज्ञासा मेटिरहेका हुन्छन् । परिवारमा होस शिक्षकसंग होस वा आफन्तसंग किन नहोस नयाँ कुरा भेट्यो कि त्यसबारे निकै चासो राख्छन । तर, हामी अभिभावकहरु यो चाहन्छौं कि बच्चाले धेरै राम्रो नतिजा राम्रो नतिजा हासिल गरोस् ।
पठनपाठनमा मात्र ध्यान दिए हुन्थ्यो तर, कतिपय अवस्थामा हामी यो बुझ्दै नौ कि केवल किताबी ज्ञानले मात्र पुग्दैन । केवल पढाइमा मात्र सिमित भएर हुँदैन बालबालिकालाई के सिकाउने कुन कुन कुरा सिकाउने उनिहरुको मनोभावना कसरी बुझ्ने उनिहरुको इच्छा चाहाना के छन् । यि र यस्ता विषेश कुरामा ख्याल राख्नुपर्छ जस्तो लाग्छ । र अर्को कुरा बच्चालाई पढाउने चक्करमा उनीहरुलाई नयाँ नयाँ कुरा जान्नबाट बञ्चित भने गर्नु हुँदैन ।
बच्चालाई मोबाइल दिनुपर्छ । दिइराखेका पनि छौँ, तर कतिपय अवस्थामा हामीले ख्यालै गरेका हुदैनौं कि हाम्रा बञ्चाहरु मोबाइलमा के हेरिरहेका छन् । मोबाइलमा गेम कतिको खेल्छन् ? त्यो सबै कुरामा निगरानी राख्नुपर्छ । मोबाइल इन्टरनेटमा सारा संसार हुनाले राम्रो राम्रो कुरा हेर गेम खेल्नु हानिकारक हो बरु घरको सानातिना कामहरु गराउने जस्तै लुगा पट्याउने कसेर लगाउने भाँडावर्तन चलाउन दिनुपर्छ । जस्ले गर्दा उनीहरु स्वतन्त्र रुपमा उनीहरुले ज्ञान आर्जन गर्न सकुन तर हाम्रो नेपाली समाजमा कस्तो देखिरहेका हुन्छौं भने नि बञ्चाहरुलाइ पढ पढ मात्र भन्ने कतिको पढेका छन् । पढाइमा कस्तो छन् त्यो ध्यान नदिने अनि परिक्षामा राम्रो अंक ल्याउन नसके गालि गर्ने विद्यालयलाई दोष दिने र वर्षैपिच्छे विद्यालय फेरिरहने यस्तो फेसन भनौ वा प्रतिस्पर्धा चलिरहेको छ ।
अनि अर्कोतिर प्रायःजसो आमाबुवाको प्रवृत्ति के हुन्छ भने, बच्चालाई भान्सामा पस्न नदिने । भान्सामा आयो भने पढाईमा ध्यान दिदैन वा फोहोर बनाउँछ भन्ने लाग्छ अभिभावकलाई । जबकी बच्चाले भान्साबाट पनि जीवन उपयोगी ज्ञान आर्जन गर्न सक्छन् । उनीहरुलाई भान्साको सानोतिनो काम लगाउनुपर्छ, जो उनीहरुको सामथ्र्यले भ्याउछ । तरकारी केलाउने, धुने, सलाद काट्ने, अण्डा उसिन्ने जस्ता काममा बच्चालाई प्रोत्साहित गर्नुपर्छ । यसबाट उनीहरुले काम गर्ने तरिका, शैली सिक्छन् ।
काम गर्न सिपालु हुन्छन् । साथसाथै कामप्रतिको लगाव पनि बढ्छ होइन र ? तर हाम्रो बुझाई के छ भने नि बालबालिकालाई किताबी ज्ञान मात्र सिकाउनु पर्छ । जसरी हुन्छ, परीक्षामा राम्रो नम्बर ल्याउनु प¥यो पास हुनै प¥र्यो । किनकी नेपाली समाजमा फलानाका छोराछोरी फष्ट भए राम्रो नम्बर ल्याए तर मेरो छोराछोरि पढेनन् राम्रो नम्बर ल्याएनन् भन्ने बुझाई छ भने पढाई सिवाय अरु कुराको ज्ञान नभए पछि कसरी हुन्छन त व्यवहारिक ? कतिपय शहरमा हुर्केका बालबालिकालाई व्यवहारिक ज्ञान नै थाहा छैन । गाउँ रहेका गाईभैँसी चिन्दैनन् गोठ चिन्दैनन् । दूध कहाँबाट आउँछ भन्दा दूध डेरी देखाउने यस्तो वातावरण सृजना गरेका छौँ । शहरमा कोठामा मात्र बसेका छोराछोरि गाउँका उकालिओरालि गर्नै जान्दैनन् हामी सोच्छौ कि शहरमा महङ्गा महङ्गा विद्यालयमा पढाएका छौ जब सैद्धान्तिक ज्ञानमा मात्र सिमित राखेर भोलि गएर व्यवहारिक कसरी बन्ने त ?
अर्कोतिर स्वयंम हामी नै मोबाइल दिएर आफ्नो काम गर्छाैं मोबाइल देखाएर खाना खुवाउँछौ अनि बञ्चाले जतिवेला पनि मोबाइल चलाउने लत बस्छ हैन त ? जब हामीले घरायसी कामहरु सिकाउँदैनौ तब भोलि छोराछोरि ठूलो भएर सामान्य कामहरु कसरी सिक्छन त ? प्रायःजसो बञ्चाहरु जिद्दी हुन्छन जे भन्यो त्यहि खोज्छन उनिहरुलाई सबैथोक पूरा गरिदिदा भोलि गएर उनिहरुका इच्छा चाहाना पूरा गर्न नसक्दा उनिहरु गलत बाटो जान सक्छन् बाटो बिगार्न पनि त सक्छन त्यसैले हामीले सानोसानो कुराहरु सिकायौ भने उनिहरु व्यवहारिक बन्न सक्छन वास्तवमा दुख के हो त ? जीवन के हो , समय के हो ? पैसाको महत्त्व सदुपयोग यी यावत कुराहरु सिकाउनुजरुरि हुन्छ तब मात्र भोलि गएर पैसाको समयको महत्त्व बुझ्छन नि होइन र ?
अर्कोतिर हामीले हाम्रो भान्साको सानोतिनो काम लगाउनुपर्छ, जस्तै तरकारी केलाउने, धुने, सलाद काट्ने, अन्डा उसिन्ने जस्ता काममा बच्चालाई प्रोत्साहित गर्नुपर्छ । यसबाट उनीहरुले काम गर्ने तरिका, शैली सिक्छन् । काम गर्न सिपालु हुन्छन् । साथसाथै कामप्रतिको लगाव पनि बढ्छ । वास्तवमा भन्ने हो भने हाम्रो बच्चाको भान्सा पनि एक प्रकारको ज्ञानको भण्डार हो त्यहाँबाट उनीहरुले सागसब्जीको बारेमा जानकारी लिनसक्छन खानेकुरा पकाउने कला सिक्छन् र पोषणको बारेमा जानकारी पाउन सक्छन् नि कहिलेकाही बच्चाहरुको लुगा फोहोर हुन्छ वा उनीहरुलाई घाउँ खटिरा आउन सक्छ भनेर कतिपय अभिभावकले बगैंचामा खेल्न, काम गर्न दिदैनन् । यस्तो गतिविधि गर्नाले बच्चाहरु स्वस्थ र फुर्तिलो हुदैनन् त्यसैले उनिहरुलाई खेल्न कुद्न वतन्त्रपूर्वक छाडिदिनुपर्छ ।
त्यसैलाई बगैंचामा खेल्न मात्र होइन, काम पनि गर्न सिकाउनुपर्छ । खेलखेलमै उनीहरुले बगैंचाको काम पनि गर्छन् । जस्तो कि, फूल वा बोट विरुवाको गोडमेल गर्ने, पानी लगाउने, प्लाष्टिकजन्य वस्तु संकलन गर्ने तथा प्रकृतिसँग एकाकार हुन सिकाउँछ । बगैंचामा उनीहरुले बनस्पतिको बारे प्रत्यक्ष ज्ञान आर्जन गर्न सक्छन् । फूलहरुको रंग, प्रकार सुगन्ध आदिबारे अनुभव लिन सक्छन् । फल तथा त्यसको बोट आदिबारे पनि जान्ने अवसर पाउँछन् ।
त्यस्तै खेलकुदबाट बच्चाले धेरै कुरा आर्जन गर्न सक्छन् । खेलकुदले शारीरिक तथा मानसिक फाइदा गर्छ । रक्तसंचार राम्ररी हुन्छ । जब शारीरिक स्वस्थ्य राम्रो हुन्छ, उनीहरुको मानसिकता पनि सकारात्मक हुन्छ । उर्जावान हुन्छ । तसर्थ किताबी ज्ञान संगै व्यवहारिक ज्ञान सिकाउनु पनि अत्यन्तै जरुरी हुन्छ ।