स्वयंसेवी ठुलीदिदीलाई पुर्नताजगी तालिम


आदर्श अनलाइन, बागलुङ
विवाईसी बागलुङद्वारा सञ्चालित सिकाई परियोजना अन्तरगत जिल्लाको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाकामा कार्यरत सामुदायिक स्वयंसेवी ठुलीदिदीहरुलाई तीन दिने पुर्नताजगी तालिम प्रदान गरिएको छ ।

जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका ६० विद्यालयमा आवद्द ठुलीदिदीहरुलाई पुर्नताजगी तालिम प्रदान गरिएको हो ।



कात्तिक १५ गते देखि प्रदान गरिएको तालिमको कात्तिक २१ गते समापन गरिएको छ ।
कात्तिक १५, १६ र १७ गते काठेखोलाका २७ जना सामुदायिक स्वयंसेवी ठुलिदिदीलाई र कात्तिक १९, २० र २१ जैमिनी नगरपालिकाका ३३ जना स्वयंसेवी ठुलीदिदिलाई तालिम प्रदान गरिएको विवाईसी बागलुङका अध्यक्ष मणी शर्माले जानकारी दिनुभयो ।

तालिमको समापन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख युक्त प्रसाद शर्माले विद्यालय र समुदायलाई जोड्न ठुलिदिदीहरुको परिचालनले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले विद्यालयमा बालबालिकाको पहुँच बढाउन उक्त परियोजनाका कारण काठेखोला र जैमिनीका विद्यालयहरुमा सहयोग पुगेको बताउनुभयो ।



कार्यक्रममा जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेम आचार्य, विवाईसी बागलुङका उपाध्यक्ष तोयानाथ गौतम र ठुलीदिदिको तर्फबाट कृष्ण थापाले मन्तव्य व्यक्त गर्नुभएको । कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष मणी शर्माको अध्यक्षता तथा फिल्ड सुपरभाइजर रमेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।



स्वयंसेवी ठुलिदिदिहरु दुई पालिकामा ३ वर्षदेखि परिचालित भएको र बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन सहयोग भएको सिकाई परियोजनाका अनुगमन अधिकृत विमल शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *