जेहन्दार र बिपन्न पढाउन करोडको छात्रवृति


खेमराज गौतम, बागलुङ
धौलागिरीको एक मात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा जेहन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रु. एक करोडको छात्रवृृति कोष शुभारम्भ गरिएको छ ।

कोष निर्माणका लागि धौलागिरी बुहमुखी क्याम्पसका काम्पस प्रमुख प्रध्यापक डा. रामप्रसाद उपाध्यायले एक महिनाको तलब रु. ७५ हजार कोषमा राखेर बुधबार शुभारम्भ गर्नुभएको छ ।
शुभारम्भकै दिन धौलागिरी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिन बहादुर थापाले एक लाख ५ हजार कोषलाई सहयोग गर्नुभएको छ ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पस बागलुङले रु. एक करोड ‘धौलागिरी बहुमुखी क्याम्पस छात्रवृति कोष’ स्थापना शुभारम्भ गरिएको छ । कोष निर्माणका लागि रु. ५० लाख स्थानीय तह मार्फत र ५० लाख देउसी भैलो कार्यक्रम, क्याम्पसका प्रध्यापक, शिक्षक तथा कर्मचारीहरुबाट रु. ५० लाख संकलन गर्ने उदेश्य रहेको छ ।

क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृति रकम मार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य राखेर कोष स्थापना गर्न शुरु गरिएको धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सभापति सुदिपसागर कँडेलले बताउनुभयो ।

“यो एउटा वृहत कोष हो धौलागिरी क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई निःशुल्क अध्यापन गराउने हाम्रो अठोट हो, यसले धौलागिरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरमा समेत वृद्धि गर्दछ” सभापति कंडेलले भन्नुभयो “बागलुङका १० वटै स्थानीय तहलाई साझेदारी मार्फत कोषमा सहभागी गराइने छ, कम्तिमा एक पालिकाले १० लाखको कोष क्याम्पसमा बनाउने छन् भने सोही स्थानीय तहका विद्यार्थीहरुलाई धौलागिरी बहुमुखी क्याम्पसमा निःशुल्क अध्यापन गराउन सिफारिस गर्न सकनेछ ।”

कोष एक करोडको बनाउदे लक्ष्य अनुसार क्याम्पसका प्रध्यापकहरुले एक महिनाको तलब कोषमा जम्मा गर्न शुरु गरिसकेको र देउसी भैलो समेत खैल्न थालिएकाले कोषलाई सार्थकता तुल्याउन समस्या नहुने धौलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक डा. राम प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उपाध्ययाका अनुसार क्याम्पसका शिक्षक र कर्मचारीहरुबाट झण्डै रु.१० लाख कोषमा सहयोग हुने जानकारी दिनुभयो । यस्तै देउसीभैलो, पूर्वविद्यार्थी तथा पूर्व कर्मचारी पुर्नमिलन कार्यक्रम मार्फत रु.१० लाख संकलन गर्ने लक्ष्य लिइएको छ ।

क्याम्पस र समुदायबीचको सम्बन्ध र सहकार्य बढाउन, उच्च शिक्षा अध्ययन तर्फ विद्यार्थीको आकषर्ण बढाउन कोष निर्माण शुभारम्भ गरिएको हो । कोष स्थापना गरी जम्मा गरिएको रकमको व्याजबाट वाषिएक १०० जना भन्दा बढीलाई छात्रवृति मार्फत अध्ययन गराउने बताउनुभयो ।
कोष स्थापनाको लागि स्ववियुको तर्फबाट तिहारमा देउसी खेल्ने, जिल्लाका १० वटा पालिकासँगै व्यवसायी, कर्मचारी, समाजसेवी, भूतपूर्व विद्यार्थी लगायत सबैसंग समन्वय गर्ने भएकाले रु. एक करोडको कोष स्थापना सजिलै हुनेछ ।

“अहिले पनि हामीले विद्यार्थीहरुलाई केही छात्रवृति उपलब्ध गराएका छौँ तर त्यसले मात्र पुग्दैन” उहाँले भन्नुभयो “क्याम्पसमा स्थापना गरिने एक करोडको कोषले आर्थिक अभावकै कारण पढाई छोड्नु पर्ने बाध्यतालाई अन्त्य गर्दै क्यापसको शैक्षिक गतिविधिलाई चलायमान बनाउनेछ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *