कृषि गाउँमा जीप दुर्घटना हुँदा एक जना गम्भिर घाइते


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–३ कृषि गाउँमा जीप दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् ।

बुधबार राती बागलुङ नगरपालिका–९ तित्याङबाट बागलुङ बजार आउँदै गरेको ग २ च २६३३ नम्बरको बोलेरो पिकअप जीप बानपा–३ कृषि गाउँमा दुर्घटना हुँदा एक जना गम्भिर घाइते हुनुभएको छ ।

दुर्घटनामा परी बागलुङ नगरपालिका–१ रामरेखा बस्ने बर्ष ६० का कविराज थापा गम्भिर घाईते भएको उहाँको थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक बसन्त बहादुर भुजेलले बताउनुभयो ।

जीपमा चालक सहित दुई जना सवार रहेको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *