ठेकेदारले भुक्तानी नपाउँदा सिगानाको सडक निर्माण ठप्प


खेमराज गौतम, बागलुङ
पाँच महिनामा ३० करोडको सडक ४० प्रतिशत प्रगती हुँदा स्थानीयहरु खुसी थिए ।
सम्झौता अगावै सडक कालोपत्रे सक्ने निर्माण व्यवसायीको अडान थियो ।

बागलुङको सिगाना पुग्ने रणनैतिक सडक सतरोन्नतीले यात्रालाई सहज बनाइरहेको थियो । तर अहिले उक्त सडकमा छ महिना देखि काम ठप्प भएको छ ।

अधिकांश सडक निर्माण ठेकेदार कम्पनीको ढिलासुस्तीले समयमै नसकिएको सन्र्दभमा यहाँको एक सडक भने सडक डिभिजन कार्यालयले भुक्तानी दिन नसक्दा छ महिना देखि ठप्प भएको हो ।

भुक्तानी नपाउदा ठेकेदारले काम गर्न सकेको छैन । ठेक्का मिति भित्रै काम सक्नेगरी निर्माणले तिब्रता पाएको बागलुङ बजार देखि सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने सडक निर्माणको रु. तीन करोड भुक्तानी नपाउदा निर्माण व्यवसायीले छ महिनादेखि काम गर्न पाएको छैन ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगतको उक्त सडक निर्माण शुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भएको थियो ।

निर्माण कम्पनीले सम्झौता अगावै सडक कालोपत्रे गर्नेगरी सडक स्तरोन्नतीलाई तिब्रता दिएपनि गत आर्थिक वर्षकै बक्योता रकम भुक्तानी नहुँदा सडकको काम ठप्प भएको छ ।

सम्झौता भन्दा पहिलै सडक कालोपत्रे सकिने गरी कामको प्रगती भएपनि भुक्तानी नपाउदा निर्माण व्यवसायी असार यता काममा फर्कन नसकेको हो ।

३२ महिनामा सक्ने काम डेढ वर्षमै सम्पन्न गर्नेलक्ष्यका साथ असार सम्म धमाधम काम गरेर आधारभूत पूर्वाधार निर्माण गरेपनि अहिले उक्त सडक निर्माण ठप्प भएको छ ।
गत आर्थिक वर्षकै तीन करोड भुक्तानी पाउन बाँकी रहेको र पहिरोले क्षति पु¥याएको सडकमा मर्मत गर्न डिभिजन सडक कार्यालयले अनुमती नदिएपछि काममा फर्कन नसकिएको निर्माण व्यवसायी कर्ण विल्डर्सका प्रतिनिधि सन्दिप श्रेष्ठले बताउनुभयो ।

“सडक डिभिजन कार्यालय बागलुङले गत आर्थिक वर्षमै काम गरेको बिलको तीन करोड भुक्तानी बाँकी छ, अहिले काममा फर्कन चाहेका छौं तर आन्तरिक मुल्याङ्कनमा थप पूर्वाधार निर्माण गर्न समेत नमानी इन्जिनियर सरुवा भएर जानुभयो, हामी काममा फर्कने बातावरण नबने सम्म आउदैनौं” श्रेष्ठले भन्नुभयो “सडक डिभिजन कार्यालयले दु्रत गतिमा भइरहेको सडक निर्माणको कामलाई प्रोत्साहन नहुँदा समस्या भएको छ, आन्तरिक भियो नभएसम्म काममा फर्कन सक्दैनौं ।”
उक्त सडकको बागलुङ नगरपालिका–३ बोक्सेदेखि वडा कार्यालय सम्मको सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण गर्ने र सब बेस विछ्याउनेको र आधा दर्जन घुम्ती ढलान गर्ने कार्य सम्पन्न भइसकेको छ ।

सडक निर्माणको तिब्रताप्रति जनता समेत खुसी भएकोमा अहिले निर्माण व्यवसायीले काम गरेको भुक्तानी नपाउदा उक्त सडक अलपत्र पर्ने अवस्थामा पुगेको स्थानीय राजन जिसीले बताउनुभयो ।
यस विषयमा सडक डिभिजन कार्यालय बागलुङमा समेत ध्यानाकर्षण गरिएको छ ।
सडकका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेर सडक कालोपत्रेको तयारीमा रहेपनि वर्खामा केही स्थानको सडकमा क्षति पुगेको छ ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत बागलुङ बजार देखि सिगाना सम्मको सडक कालोपत्रेका लागि कर्ण विल्र्डस संग रु. ३० करोडमा सम्झौता भई २०७९ कात्तिकदेखि सडक निर्माणको काम शुरु भएको थियो । उक्त सडकको ८ किलोमिटरमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पु¥याएर कालोपत्रे गर्ने स्थानमा ग्राभेल र घुम्ती सडक ढालन भइसकेको भएपनि भुक्तानी नपाउदा अलपत्र अवस्थामा पुग्ने देखिएको छ ।

डिभिजन सडक कार्यालयका इन्जिनियर प्रभात तिवारीका अनुसार निर्माण व्यवसायीलाई तीन करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेकाले निर्माण व्यवसायीलाई काममा फर्काउन नसकिएको बताउनुभयो । बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका २०७९ कात्तिक पहिलो साताबाट काम थालिएको थियो ।

बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा ८ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता छ । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट ८ किलोमिटर सडक कालोपत्रे गर्नेगरी काम थालिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *