सदस्यले ब्युँताउदै बागलुङको इमेज सहकारी


खेमराज गौतम, बागलुङ

विगत ७ महिनादेखि बन्द रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङलाई पुन :सञ्चालनमा ल्याउनका लागि संस्थाको शेयर सदस्यहरु अगाडि बढेका छन् । इमेज सहकारीबाट पीडित भएका सदस्य र बचतकर्ताहरुको सोमबार सम्पन्न भेलाले संस्थालाई ब्युँताउने निर्णय गरेको हो ।



बचत कर्ताको डेढ अर्ब बढी रकम उठाएर इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष देव कुमार नेपाली फरार भएपछि शेयर सदस्यहरुले सहकारीलाई जीवन्तता दिनका लागि प्रयास थालेका हुन् । दुखजिलो गरेर जम्मा गरेको रकम डुबेपछि कानूनी उपायहरु खोज्दै आएका बचतकर्ताहरुले सहकारीलाई व्युँताउने उपायहरुको खोजी गर्न थालेका हुन् ।
इमेज बचत तथा ऋण सहकारी संस्थाद्वारा डेढ अर्ब बचत उठाएर फरार भएका बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली बिरुद्ध बचत पीडितहरु निरन्तर आन्दोलनमा रहेका छन् ।



जिल्ला अदालत बागलुङमा नेपाली सहित सञ्चालक र कर्मचारी बिरुद्ध मुद्दा दर्ता गरेका इमेज बचत पीडितहरुले अदातलको प्रकृया लामो भएको भन्दै कानूनसम्मत रुपमा सहकारी व्युताउन थालिएको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशसंगको परामर्श अनुसार इमेज बचत तथा ऋण सहकारीका शेयर सदस्यहरुको भेला सोमबार इमेज सहकारी संस्थाको कार्यालयमा सम्पन्न गरिएको इमेज बचत पीडित संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले बताउनुभयो ।
कार्कीले सहकारीको बचत रकम फिर्ता गर्नका लागि आफूहरुसंग दुईवटा मात्रै विकल्प रहेको भन्दै देव कुमार नेपाली राज्यले खोज्न नसकेको बताउनुभयो ।

देव कुमार नेपालीको नाममा रहेको सम्पती बैंकमा राखेर लिएको ऋण तिर्न बैंकले ताकेता गरेपछि लिलाम सकार्ने र बचतकर्ताबाटै रकम उठाएर ऋण तिरेर सम्पती सहकारीको नाममा ल्याउने दुई बिकल्प रहेको कार्कीको भनाई ।

अदालतमा रहेको मुद्दामा देव कुमार नआउदा सम्म सुनुवाई नुहँने र त्यतिसमयसम्म देव कुमारको सम्पती बैंकले लिलाम सकार गरिसक्ने भन्दै इमेज पीडितहरु सहकारी ब्यूताएर अगाडि बढ्ने तयारीमा रहेको कार्कीले बताउनुभयो ।

“सहकारी रजिष्ट्रारको कार्यालयले शेयर सदस्यको भेला गरेर विशेष साधारणसभा बोलाउनका लागि अनुमती माग्न भनेको छ, अहिले शेयर सदस्यको भेलाको उपस्थिति र निर्णय सहित रजिष्ट्रारको कार्यालयमा जान थालेका छौं” कार्कीले भन्नुभयो “शेयर सदस्य थोरै र बचतकर्ता धेरै भएको सहकारीमा पहिला शेयर सदस्यहरुको मात्रै भेलाले साधारणसभा गर्ने र बचतकर्ताहरुलाई सदस्य बनाएर अगाढि बढ्छौं ।”

गण्डकी प्रदेश सहकारी ऐनको दफा ३७ को उपदफा १ अनुसार सस्थाको विशेष साधारणसभा बोलाउन सकिने प्रावधानलाई टेकेर इमेज वचत तथा ऋण सहकारी संस्थालाई ब्यूताउने र पीडितहरुको वचत रकम फिर्ताका लागि सरोकारवाला सबैसंग सहकार्य गरेर अगाडि बढ्ने तयारी गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो ।

पीडितहरुको माग अनुसार सहकारी रजिष्ट्रारको कार्यालयले विेशष साधारणसभा आव्हान गरिदिएमा समस्या समाधान सहज हुने उहाँको भनाइ छ ।

नेपालीले बागलुङ बजार र बुर्तिवाङका घर तथा जग्गा धितो राखेर बैंकबाट लिएको रु. २५ करोड ऋण तिरेर सहकारीको नाममा उक्त घर तथा जग्गा ल्याउने, बैंकको ऋण तिरेर बाँकी रहेको सम्पती बचत कर्तालाई दिने गरी सहकारीको विशेष साधारण सभा बोलाउनका लागि बचतकर्ताको भेला गरिएको कार्कीको भनाई छ ।

बचत पीडित संघर्ष समितिका सचिव याम प्रसाद पोखरेलले बचतकर्ताको रकम जसरी पनि फिर्ता गर्नका लागि देव कुमार नेपालीको सबै सम्पती सहकारीको नाममा ल्याउन सकिने कानूनी प्रावधान अनुसार अगाढी बढेको बताउनुभयो । उहाँले विशेष साधारणसभा मार्फत आएको नयाँ समितिले बैंकमा रहेका नेपालीको लालपुर्जा ऋण तिरेर फिर्ता ल्याउन चुनौती रहेको बताउनुभयो ।

ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका नेपाली अध्यक्ष रहेका इमेज सहकारीले बागलुङबाट डेढ अर्ब रकम उठाएर सात महिनादेखि फरार छन् ।

जेठ ५ गतेबाट फरार रहेका नेपालीलाई यथासिघ्र पक्राउ गरि बचतकर्ताको रकम फिर्ता गर्नु पर्ने र इमेज सहकारीलाई समस्याग्रस्त सहकारीको सूचिमा राख्न माग गर्दै चरणवद्ध आन्दोलन गरिरहेको संघर्ष समितिका माग सुनुवाई नभएको भन्दै नियम संगत रुपमा विशेष साधारणसभा गर्नका लागि भेला आयोजना गरिएको हो पीडितहरुले बताएका छन् ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । सुरुमा तरलता अभाव देखाएको सहकारीले अन्ततः पैसा हिनामिना पारेपछि बन्द भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *