जनप्रगतिशिल मञ्च जापान कान्साईको अध्यक्षमा लक्ष्मण गैरे


आदर्श अनलाइन, बागलुङ
माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च जापान क्षेतिय समिति कान्साईको अध्यक्षमा लक्ष्मण गैरे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नेपाली जनप्रगतिशिल मञ्च जापान कान्साईको हालै सम्पन्न दोस्रो अधिवेशनले उक्त नेतृत्व चयन गरेको हो । मञ्चको उपाध्यक्षमा मित्रलाल गौतम, लेमनसिङ बस्नेत, भक्त सापकोटा र महिला उपाध्यक्षमा जेनी शेर्पा मगर चयन हुनुभएको छ ।



यस्तै मञ्चको सचिवमा झरेन्द्र कुमार कुँवर, सह–सचिवमा रामु सापकोटा, कोषाध्यक्षमा दिनेश पौडेल र सहकोषाध्यक्षमा अमर लामा चयन हुनुभएको छ ।

सदस्यमा तारा सापकोटा, मित्र लाल गौतम, कुसुम सुवेधी, नेत्र प्रसाद गैरे, कमल परियार, लोक मरासिने, शन्तोस साहनी, नरेश सुनार र राज कुमार कटुवाल चयन हुनुभएको छ ।



यस्तै समितिको सल्लाहाकारमा प्रकाश गैरे, दिलिप कँडेल,नर बहादुर थापा, जगत बहादुर थापा, नारायन थापा र दिलिप राना मगर चयन हुनुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *