काठेखोलामा अवैध रुपमा किराना पसलबाट औषधी विक्री

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा अहिले पनि थुप्रै क्लिलिक तथा औषधी पसलहरु कानुन विपरित संचालनमा छन् । अझ ग्रामीण क्षेत्रमा त झन् किराना पसलमा औषधी राखेर बेच्ने गरेको पाइएको छ । कानुन विपरित संचालन भएका व्यवसाय नियमन गर्ने निकायले अहिलेसम्म ग्रामीण क्षेत्रमा पुगेर अनुगमननै गरेको पाइँदैन । बागलुङको काठेखोला गाउँपालिकाले पहिलो पटक गाउँ–गाउँ पुगेर संचालन भएका पसल तथा अन्य व्यवसायको अनुमगन थालेको छ । सोही अनुगमनका क्रममा गाउँपालिकाले वडा नम्बर २ को भीमापोखरा र वडा नम्बर ४ को तंग्राममा किराना पसलममा औषधी राखेर विक्री वितरण गरेको पाइएको छ ।

किराना पसलमा औषधी राखेर विक्री वितरण गर्ने व्यवसायीलाई पालिकाले कारवाही गर्ने भएको छ । पहिलो पटक अनुगमनमा गाउँ–गाउँमा पुगेर सचेत बनाएको र तिहार पछाडि पुनः अनुगमन गर्दा व्यवसायीले अवैध रुपमा औषधी विक्री वितरण गरेको पाइएका कानुनी कारवाही गर्ने गाउँपालिकाका उपाध्यक्ष जेतबहादुर थापा (तिलक) ले बताउनुभयो । किराना पसलमा राखिएका औषधी भने अनुगमन टोलीले तत्कालै पसलबाट हटाइ दिएको थापाको भनाइ छ । ग्रामीण क्षेत्र छरिएर रहेको हुँदा यहाँ अहिलेसम्म कुनै पनि निकायले अनुगमन गरेर सचेत नगराएको हुँदा थुप्रै व्यवसायीले अवैध रुपमा व्यवसाय संचालन गरेको उहाँ बताउनुहुन्छ ।

गाउँपालिकाले पालिका भित्र रहेका मुख्य बजारसँगै दूर दराजका गाउँमै पुगेर व्यवसायी र उपभोक्तालाई सचेत गराइ रहेको उपाध्यक्ष थापाले बताउनुभयो । पहिलो पट अनुगमन भएको हुँदा गाउँका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला परेको उहाँको भनाइ छ । आफूहरुले म्याद गुज्रिएका सामानले भरिएका पसलनै खाली गराइ दिएको थापा बताउनुहुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग आसपासका पसल तथा होटलहरुमा अखाद्य वस्तु फेला पारेको भन्दै अब निरन्त अनुगमन र नियमन गर्न उपाध्यक्ष थापाले बताउनुभयो ।

“केही किराना पसलमा विभिन्न रोगका बिरामीले खाने औषधी राखेर विक्री वितरण गरेको पाइयो, त्यहाँ स्वास्थ्यकर्मी भए पनि अवैध रुपमा संचालन गरेको देखियो, पसल एउटा प्रयोजनका लागि दर्ता गरेको छ, त्यहाँ चामल नुन, तेलदेखि औषधी तथा डिजेल, पेट्रोल राखेर विक्री गरि रहेको छ,” उपाध्यक्ष थापाले भन्नुभयो – “किराना पसलमा राखेका औषधी राखेर बेच्नेहरुलाई पहिलो पटक चेतावनी दिएका छौँ, म्याद सकिएका सबै सामानलाई छुट्याएर राख्न लगायौँ, अब तिहार लगत्तै सबै ठाउँमा पुगेर सामान जफत गर्ने र अवैध रुपमा संचालन भएका व्यवसाय बन्द गर्ने तथा कारबाही गर्ने काम गछौँ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले गाउँपालिकाले अहिले चाडवाडका बेलामा मात्रै अनुगमन गरेको भन्दै अब हरेक महिना अथवा तीन÷तीन महिनामा गर्ने बताउनुभयो । धेरै पसलमा अखाद्य वस्तु फेला परेको हुँदा पहिलो पटक व्यापारीलाई सचेत गराइ स्वंमलाई नष्ट गर्न तथा फिर्ता गर्न लगाएको उहाँको भनाइ छ । पहिलो चरणमा मुख्य सडक आसपास र केही गाउँमा पुगेर अनुगमन गरेको भन्दै अब सबै वडामा पुग्ने गौतम बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *