वैदेशिक शिक्षाको जिज्ञासा मेटाउदै ग्रेस इन्टरनेशनल

आदर्श अनलाइन, बागलुङ
वैदेशिक शिक्षाको परामर्श गर्दै आएको ग्रेस इन्टरनेशनल बागलुङले आइतबार विद्यार्थीलाई वैदेशिक शिक्षाको जिज्ञासा मेटाउने कार्यक्रम गर्ने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा ग्रेस इन्टरनेशनल बागलुङ शाखाको प्रमुख ओमकार पौडेलले वैदेशिक शिक्षाको जिज्ञासा मेटाउन विदेशका प्रतिष्ठित क्याम्पसका व्यक्तिहरु नेपाल आउने बताउनुभयो ।

उहाँले अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्याण्ड, जापान, कोरिया र युके लगायतका एक दर्जन प्रतिष्ठत क्याम्पसका व्यक्तिहरु विद्यार्थीको प्रत्यक्ष जिज्ञासा मेटाउन बागलुङ आउन थालेको जानकारी दिनुभयो । मङ्सिर १० गते बागलुङ नगरपालिका–२ स्थित उद्योग बाणिज्य संघ नजिकैको ग्रेस इन्टरनेशनल बागलुङको कार्यालयमा उक्त कार्यक्रम हुने छ ।

पौडेलका अनुसार बैदेशिक शिक्षाको उचित परामर्श दिनका लागि उक्त कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । पछिल्लो समय वैदेशिक शिक्षाको गन्तव्य मुलुकहरुमा जाने विद्यार्थीको चाप बढी भएका कारण उचित सल्लाह तथा सुझाव दिनका लागि ग्रेस इन्टरनेशनल बागलुङले सम्बन्धीत देशकै कलेजका प्रध्यापकहरुलाई बागलुङमा झिकाइएकाले विद्यार्थीलाई निःशुल्क लाभ लिन आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *