सिर्जनशील पत्रकारिता पुरस्कार पर्वतका सापकोटालाई

आदर्श अनलाइन, बागलुङ
सिर्जनशील पत्रकारिता पुरस्कारबाट पर्वतका पत्रकार लक्ष्मीप्रसाद सापकोटा पुरस्कृत हुनु भएको छ । आदर्श सञ्चार सहकारी संस्थाका सह–सम्पादक सिर्जना पन्त र पत्रकार सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजारसहित सापकोटालाई पुरस्किृत गरिएको हो ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १७ औं वार्षिक साधारणसभाका अवसरमा सिापकोटालाई पुरस्कार प्रदान गरिएको हो । डेढ दशकदेखि पर्वतबाट पत्रकारितामा सक्रिय सापकोटाले रासससँगै अन्य राष्ट्रिय र स्थानीय सञ्चार माध्यममा काम गर्दै आउनु भएको छ ।

समाजमा विद्यमान भड्किलो विवाहका विरुद्ध पत्रकारद्वय पन्त र क्षेत्रीले प्रगतिशील विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर रु. ५० हजार आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गरेका थिए ।

उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ । अहिले उक्त कोषको रकम रु. एक लाख पु¥याइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *