ठेक्का रद्दको चेतावनीपछि काममा फर्कियो ठेकेदार


खेमराज गौतम, बागलुङ
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माण्को जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्केको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्र्तगत बागलुङमा पर्ने १४२ किलोमिटर सडकमध्ये बागलुङ सदरमुकाम खण्डमा मात्रै सडक कालोपत्र गर्न बाँकी रहेको छ । बागलुङ देखि बिहुँ सम्मको २५ किलोमिटर सडक दुई भागमा बाँडेर ठेक्का लगाइएको थियो ।

बागलुङ बजार देखि अछेते हुँदै बिहुँ टापु सम्मको १३ किलोमिटर र बिहुँदेखि घोडाँबाधे सम्मको १२ किलोमिटर सडक कालोपत्रेका लागि ८ वर्ष अघि ठेक्का लगाइएको भएपनि अहिले सम्म कालोपत्र सम्पन्न हुन सकेको छैन ।

बिहुँदेखि घोडाँबाधे सम्मको १२ किलोमिटर सडकको जिम्मा पाएको सुर्य कन्ट्रक्सन काममा नफर्केपछि ठेक्का रद्द गरिएको र बागलुङ बजार देखि बिहुँ सम्मको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको भारत सिद्धिसाई ठेक्का रद्दको चेतावनीपछि काममा फर्केको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका सूचना अधिकारी इन्जिनयिर पवन सुवेदीले जानकारी दिनुभयो ।
सुवेदीका अनुसार दुबै निर्माण व्यवसायीलाई ठेक्का रद्दका लागि सूचना हालेपछि तल्लो खण्डको निर्माण व्यवसायी लामो समयपछि काममा फर्केको छ ।

“बिहुँदेखि घोडाबाँधे सम्मको ठेक्का सम्झौता रद्द भइसक्यो, बागलुङ बजार देखि बिहुँ सम्मको १३ किमि सडकको निर्माण समेत अलपत्र भएपछि ठेक्का रद्दका लागि सूचना प्रकाशित गरेका थियौ” सुवेदीले भन्नुभयो “तल्लो खण्डमा अन्तिक चेतवानीपछि निर्माण व्यवसायी काममा फर्केको एक महिना भयो, अहिले अछेते बजार देखि बिहुँ तर्फको सडकमा कालोपत्रका लागि ग्राबेल गर्ने र बाँकी रहेको स्थानमा पर्खाल लगाउने काम भइरहेको छ ।”

काममा फर्केपछि एक पटक अवसर दिनलागिएको बताउदै सुवेदीले यस पटक अछेते बजार देखि साढे चार किमि माथी बिहुँ सम्म कालोपत्र गर्नेगरी काम भइरहेको बताउनुभयो ।
उक्त निर्माण व्यवसायीले सदरमुकाम देखि अछेते बजार सम्म पहिलै कालोपत्र गरिसकेको छ ।

समयमै सडक कालोपत्र नभएको बागलुङ सदरमुकाम खण्डमा ठेक्का रद्दको चेतावनीपछि निर्माणकम्पनी काममा फर्केपछि अहिले उक्त खण्डमा कालोपत्र सम्पन्न हुनेमा स्थानीयहरु आशावादी रहेका छन् ।

विकास निर्माणको चरम लापरबाही देखिएको मध्यपहाडी राजमार्गको उक्त खण्डमा असरा अघिनै कालोपत्र सक्न निर्माण कम्पनीलाई निर्दैशन दिइएको आयोजना कार्यालयले जनाएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङमा पर्ने १४२ किलोमिटर मध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्रे सम्पन्न हुन सकिरहेको छैन भने अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रकृयामा छ ।

दुई वर्षमा सक्नेगरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको ८ वर्ष सम्म कालोपत्रे गर्ने काम नसक्दा मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले उपल्लो खण्डमा ठेक्का रद्द गरिसकेको छ भने तल्लो खण्डमा ठेक्का रद्दको सुचना निकालेपछि निर्माण व्यवसायी काममा फर्केर धमाधम काम थालेको हो ।

उपल्लाचौर देखि १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेवी संग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिले सम्म पाँच पटक म्याद थप गर्दा समेत सम्पन्न हुन सकेको छैन ।

यस्तै बिहुँदेखि घोडाबाँधे सम्मको १२ किमि सडक कालोपत्रेका लागि २०७२ माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सुर्य कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएकामा पाँच पटक म्याद थप्दा समेत सम्पन्न नभएपछि ठेक्का रद्द गरेर नयाँ ठेक्का प्रकृयामा गएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *