एमाले निकट विद्यार्थी संगठनको नेतृत्वमा म्याग्दी र बागलुङका युवाको जाजरकोटमा अभूतपुर्व स्वयंसेवा

आदर्श अनलाइन, बागलुङ
कात्तिक १७ गते गएको भुकम्पले क्षती पुर्याएको जाजरकोटमा म्याग्दी र बागलुङका युवाहरुले स्वयंसेवा गरिरहेका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सचिव तथा अनेरास्ववियुका प्रवक्ता म्याग्दीका प्रकाश पौडेलको नेतृत्वमा बागलुङका युवाहरु यतिबेला भुकम्प प्रभावित जाजरकोटमा खटिरहेका छन् ।

भुकम्पबाट प्रभावित बनेको जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ३ को पिपलडाँडाका स्थानीयलाई अस्थाई अवास निर्माण गरेको पौडेल नेतृत्वको टिमले मङ्सिर १४ गते बिहीबार भेरी नगरपालिका–२ मा रहेको नेपाल आधारभुत विद्यालयको अस्थाई संरचना निर्माण गरि हस्तान्तरण गरेको छ । यतिबेला यो टिम वडा नम्बर ४ को खलाङ्गामा स्वयंसेवा गरिरहेको छ ।

केन्द्रिय सचिव म्याग्दी जिल्लाका पौडेलको टिम ‘ए वान’ मा केन्द्रीय उपाध्यक्ष नारायण घर्ती, स्वयंसेव सेवक विभागका प्रमुख अमित महरा, गोरखाका प्रविन श्रेष्ठ, अनेरास्ववियु बागलुङका प्रमुख रोशन जिसी, केन्द्रीय सदस्य रोशन कुँवर, कमल पौडेल र निर्मल तिवारी रहनु भएको छ ।

अनेरास्ववियुका केन्द्रीय नेताको नेतृत्वमा भेरी नगरपालिका वडा नम्बर २, ३ र ४ का विभिन्न गाउँमा परिचालन भएको टिमले मङ्सिर ३ गतेदेखि भग्नावशेष हटाउने र नयाँ टहरा बनाउने काम गरेको छ ।

नेकपा एमालेले परिचालन गरेका ११ सय स्वयंसेवक मध्ये अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष नारायण घर्ती, महासचिव नरेश रोकाय नेतृत्वको टिम विभाजन गरेर भग्नावशेष बनेका २१ घरबाट ३६ हजार मिटर दारकाठ, घर छाउने सिले ढुङ्गा ३ हजार ५ सय पिस, सिरक, डसना लत्ता कपडा २ सय ६७ थान, कुटो, कोदाला, सफल, हासिया, ४५ थान, थाल कचौरा, चम्मा लगाएतका भान्छाका भाँडाहरु ३ सय १५ वटा उद्दार सहित ३ वटा अस्थायी टहरा निर्माण गरि करिब दुई करोड बराबरको सामना हस्तान्तरण गरिएको अनेरास्ववियु बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *