डिएलए बागलुङको अध्यक्षमा केसी चयन

आदर्श अनलाइन, बागलुङ
डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बागलुङ अध्यक्षमा सरिता केसी चयन हुनु भएको छ । छैठौँ अधिवेसनले केसीको अध्यक्षतामा ११ सदस्य रहेको समिति चयन गरेको हो ।

उपाध्यक्षमा हरिप्रसाद गौतम, सचिवमा रामराज कँडेल र कोषाध्यक्षमा विष्णुप्रसाद सापकोटा चयन हुनु भएको छ । समितिको सदस्यहरुमा अधिवक्ता दिननाथ शर्मा, शिवराज पन्त, नरेन्द्र बुढाथोकी, गणेशप्रसाद शर्मा, प्रकाश बराल, गीता श्रीष र अमरबहादुर कार्की रहेका छन् ।

कार्यक्रममा डिएलएका पूर्व केन्द्रीय अध्यक्ष यदुनाथ गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरन्जिवी शर्मा, डिएलए पर्वत, म्याग्दी र कास्कीका पदाधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रम अध्यक्ष केसीको अध्यक्षता, हरिप्रसाद गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *