सहकारीप्रतिको त्रास हटाएर आशा जगाउन साधारणसभालाई प्रभावकारी बनाऔं : जि.सी.

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले पछिल्लो सहकारी क्षेत्रमा देखिएको त्रासलाई हटाएर सदस्यहरुमा आशा जगाउनका लागि साधारणसभालाई प्रभावकारी रुपमा सम्पन्न गर्नु पर्नेमा जोड दिनु भएको छ ।

प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १७ औं वार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै जिसीले साधारणसभामार्फत सहकारीप्रतिको आशा जगाउन आव्हान गर्नु भएको हो ।

साधारणसभा सदस्यहरुको सभा हो, सदस्यहरुलाई संस्थाको यथार्थ अवस्थाका बारेमा जानकारी गराउने, सहकारी अभियानमा समस्या आउनुका कारणहरुका बारेमा सचेतना प्रदान गर्ने, सदस्यहरुको सक्रियतामा मात्रै संस्थालाई व्यवस्थित गराउन सकिन्छ भन्ने सन्देश साधारणसभामार्फत दिनु पर्नेमा जिसीको जोड थियो ।

संस्थागत रुपमा सञ्चालन नभएका सहकारीहरुमा आएको समस्याका कारण आम सहकारी नै खराव हुन, सबै सहकारीकर्मीहरु खराव हुन् भन्ने आरोपको खण्डन गर्दै जिसीले सदस्य केन्द्रीत भएका सहकारीहरु, सदस्यहरुकै हितका लागि सञ्चालन भएका सहकारीहरुले आफ्ना सदस्यहरुलाई सहकारीको यथार्थ अवस्थाका बारेमा जानकारी गराउन उहाँले आग्रह गर्नु भयो ।

सबै सहकारी एउटै हुन भन्दै सर्वसाधारणहरुमा भ्रम सिर्जना गर्नेहरुको बारेमा सुक्ष्म रुपमा निगरानी गर्न सहकारीकर्मीहरुलाई आग्रह गर्दै उहाँले सहकारीलाई बिगारेर आम सर्वसाधारणलाई साहुकोमा फर्कन बाध्य पार्नेहरुको पहिचान गर्नु पर्ने बताउनुभयो ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले साधारणसभामार्फत संस्था र समग्र सहकारी अभियानका बारेमा सकारात्मक धारणा सिर्जना गर्नका लागि सदस्यहरुको सक्रिय सहभागिता हुनु पर्नेमा जोड दिनुभयो । उहाँले दुर्भाग्य अहिले पनि सदस्यहरुले साधारणसभालाई भत्ता र खाजा कस्तो छ, कति छ भन्ने रुपमा लिने गरेको भन्दै दुखेसो पोख्नु भयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण पुन, संस्थाका सल्लाहकार डा.सुदर्शन सिलवाल, राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल (कुमार)को अध्यक्षता, उपाध्यक्ष तोयानाथ गौतमको स्वागत र सचिव उदयचन्द्र चपाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभाले आगामी ४ वर्षका लागि कृष्ण प्रसाद पौडेल (कुमार) को अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिव बालकृष्ण शर्मा, सहसचिव नारायणदत्त रेग्मी र कोषाध्क्षमा लक्ष्मी प्रसाद पौडेल चयन हुनु भएको छ ।

समितिका सदस्यहरुमा विष्णु प्रसाद शर्मा, विजयराज पन्त, विष्णुनाथ गौतम, गंगादेवी शर्मा, हुमादेवी खड्का र रञ्जिती शर्मा रहनु भएको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा महादेव सापकोटा तथा सदस्यहरुमा मुरारी सापकोटा र चन्द्रकली शर्मा चयन हुनु भएको निर्वाचन उपसमितिका संयोजक दिपक गौतमले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *