सिवाईसी सहकारीको अध्यक्षमा पुनः शर्मा निर्वाचित

आदर्श अनलाइन, बागलुङ
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा चयन हुनु भएको छ । सहकारीको १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ संचालक समिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा संस्थाका निवर्तमान कोषाध्यक्ष सितादेवी सापकोटा कँडेल, सचिवमा ज्ञानेन्द्रराज पन्त, सहसचिवमा पुनः सुवास आचार्य, कोषाध्यक्षमा मोहन प्रसाद उपाध्याय निवार्चित हुनुभएको छ । सदस्यहरुमा मोतिराम गौतम, कृष्णप्रसाद रिजाल, पुतली थापा, चुडामणी कंडेल, राम बहादुर खत्री, इन्दिरा पान्डे पन्त, भोलानाथ आचार्य, गोपाल कुमार शर्मा, सिर्जना अधिकारी पौडेल र अनिता सापकोटा निर्वाचित हुनुभएको छ ।

लेखा समितिको संयोजकमा पदमपाणी शर्मा, सदस्यमा केशवप्रसाद वझा र सितादेवी सापकोटा कँडेल निर्वाचित हुनु भएको छ । सिवाईसी साकोसको मंसिर ६ गतेदेखि सुरु भएको १४ औं साधारण सभा शनिबार सम्पन्न भएको हो । संस्थाको २५ वटा सेवा केन्द्रमा साधारण सभाहरु सञ्चालन भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *