सराङकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

आदर्श अनलाइन, पोखरा
सराङकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कास्कीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारीले समुदाय विकास कार्यक्रमका लागि रेडियो सराङकोटसँगै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ ।

साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षेत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई दीर्घकालीन रुपमा अगाडी बढाउन जगेडाकोष वृद्धिसँगै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्ने बताउनुभयो ।

समाजको विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई राम्रो हो भन्न सक्ने सहकारी बन्नुपर्ने बताउनुभयो । वार्षिक साधारणले अध्यक्ष कृष्ण थापा, सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणी पौडेल, कर्जा संयोजक रमेश कुमार थापा, लेखा संयोजक शिव बहादुर बानियाँ, असुली संयोजक माया कुमारी शर्मा, व्यवस्थापक सुरेन्द्र थापा द्घारा प्रस्तुत प्रतिवेदनहरुलाई पारित गरेको छ । संस्थाको हाल शेयर पुँजी ७ करोड पन्ध्र लाख बचत ४५ करोड, ७४ लाख, कर्जा लगानी ५३ करोड ६२ लाख रहेकोमा यस वर्ष सम्पूर्ण तर्फ १० कारोड बृद्दि गर्ने योजना रहेको अध्यक्ष कृष्ण थापाले बताउनुभयो ।

कार्यक्रममा जेष्ठ शेयर सदस्य पूर्ण बहादुर ढकाल क्षेत्री लगाएत उत्कृष्ट बचत कारोबार गर्ने, सदस्यहरुको विविध क्षेत्रका उत्कृष्ट सहयोगीहरुलाई सम्मान गरीएको थियो । कर्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी, सल्लाहकार सोभियत बहादुर अधिकारी, रोहित राज बास्तोला, दुर्गा बहादुर सुनार, इन्द्रकमल मानन्धर, कमलनयन गौतम सञ्चालक विकल पौडेल, तारा थापा पुर्व सञ्चालक रामचन्द्र थापा ,बहुउद्देश्यीय समितीका सदस्य गणेश बहादुर अधिकारी, रेडियो सराङकोटका निर्देशक चिन्तामणी बास्तोला सदस्य दामोदर शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्