भाषा र संस्कृति लोप हुने चिन्तामा थकाली समुदाय

आदर्श अनलाइन, म्याग्दी
मुस्ताङको थाकखोला क्षेत्र उद्गम स्थल भएका थकाली समुदायले मुख्य पहिचान थकाली भाषा, संस्कृति तथा संस्कार एवम् सभ्यता लोप हुने चिन्ता व्यक्त गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीमा आयोजि एक कार्यक्रममा थकाली समुदायका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

आधुनिकताले थकाली भाषा बोल्नेको संख्या घट्दै गएको बुढापाकाले चिन्ता व्यक्त गरेका थिए । थकाली सेवा समाज नेपाल र थकाली अनुसन्धान केन्द्रको मुख्य आयोजनामा सुरू भएको १५ दिने थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होई प्रशिक्षण कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले परम्परा, रीतिरीवाज, धर्म, संस्कृति, भाषा र विविधता जोगाउन तर्फ अब पनि ध्यान नदिने हो भने पछि भाषा संस्कृतिको बारेमा जानकारी नै नहुन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अहिलेसम्म आइपुग्दा नै अवस्था जटिलता तर्फ पुगी सकेकोले बेलैमा ध्यान दिन सकिएन भने पछि संरक्षण गर्नु नै कठीन हुने छ, ‘थकाली जातिले जन्मदेखि मृत्युसम्मका परम्परागत संस्कृतिको जर्गेनामा युवापुस्ताको सक्रियता र नेतृत्व आवश्यक छ ।’

कार्यक्रममा पूर्वराज्यमन्त्री भिमप्रसाद गौचनले हरेक थकालीले आफ्ना धर्म, संस्कृति, भाषालाई अनिवार्य प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनुभयो । थकाली जातिको पहिचान र संस्कार अन्यको तुलानामा फरक रहेको हुँदा संरक्षणमा युवा पुस्ताले चासो देखाउनु पर्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष एवम् तालिमका प्रशिक्षक गोेन्द्रमान भट्टचन, अध्यक्ष नरेश कुमार तुलाचनले थकाली समुदायको उत्थान र विकासमा भाषा र संस्कृतिको संरक्षण गर्न थकाली समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रम थकाली सेवा समाज नेपालका अध्यक्ष गजेन्द्र तुलाचनको अध्यक्षता, केन्द्रीय सदस्य शंकर शेरचनको स्वागात, थकाली अनुसन्धान केन्द्रकी सचिव शुसिला शेरचनको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिमको अवसरमा अनुसन्धान केन्द्रबाट प्रकाशित थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होई पुस्तक समेत विमोचन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *