मालढुङ्गादेखि बेनी–गुर्जाघाट हुँदै ढोरपाटनसम्म साइकल यात्रा

आदर्श अनलाइन, बागलुङ
पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । यस बीचमा साइकल यात्रामार्फत पनि यहाँ पर्यटक आउन थालेका छन् । यसै साता मालढुङ्गादेखि म्याग्दी हुँदै दुई जना साइकल यात्री ढोरपाटन पुगेका छन् ।

उच्च पहाड तथा हिमाली क्षेत्रमा साइक्लिङ गरेर वल्ड रेकर्ड राख्नु भएका काठमाडौँका ६१ वर्षीय दिपक श्रेष्ठ कमला पुन म्याग्दी घर भई ललितपुर बस्दै आएकी कमला पुन मगरले ढोरपाटनलाई परिक्रमा गर्नु भएको हो । श्रेष्ठ ३८ वर्षदेखि साइक्लिङ गर्दै आउनु भएको छ भने पुनले केही वर्षदेखि सुरु गर्नु भएको छ ।

No description available.

श्रेष्ठ र पुन मालढुङ्गादेखि म्याग्दीको बेनी बजार, गुर्जाखानी, रुघाचौर गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका पुगरेर फर्किएका छन् । करिब पाँच दिनको साइकल यात्रामा उहाँहरुले ढोरपाटन परिक्रमा गर्नु भएको हो । उहाँहरुलाई ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले स्वागत गर्नु भएको थियो ।

No description available.

यहाँ पहिलो पटक साइकल यात्रा मार्फत ढोरपाटनको परिक्रामा गरेको अध्यक्ष घर्ती मगरले बताउनुभयो । यसले पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने भन्दै ढोरपाटनमा साहसिक पर्यटनको पनि संभावना छ भनेर प्रचारप्रसारमा आएमा भूमिका खेलेको बताउनुभयो ।

अध्यक्ष घर्ती मगरले भन्नुभयो – ‘साइकल यात्रामार्फत विभिन्न धूरी डाँडा छिचोलेर पर्यटक ढोरपाटन आएको पहिलो पटक हो, यसभन्दा अगाडि कोही आएको थिएन, यो यात्राले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई ढोरपाटन घुम्न र साइक्लिङ गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *