संकल्प यात्रा एमालेको मात्र होइन् : समग्र गलकोटबासीको हो


आदर्श अनलाइन, गलकोट

नेकपा एमालेले संचालन गरेको समृद्धिको लागि संकल्प यात्रा २०८० लाई सफल बनाउनको लागि सोमबार बागलुङको गलकोट नगरपालिकामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

एमाले बागलुङको आयोजनामा भएको बैठकमा गलकोटका राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुले अभियान एमालेको मात्र नभई गलकोटको पनि भएकाले सफल बनाउनको लागि एक्यबद्धता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ नेकपा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सुरु गरेको यात्राको सातौं दिन (बुधबार) एमाले अध्यक्ष केपि शर्मा ओली सहितको टोली गलकोट नगरपालिका आइपुग्ने छ ।



गलकोटमा आउने पाउनाहरुलाई स्वागत गर्नु गलकोटको कर्तव्य रहेकोले आवासको लागि राम्रो व्यवस्थापन गर्ने जनप्रतिनिधिहरुले बताए । बैठकमा मध्यपहाडी लोकमार्ग समयमै निर्माण गर्न पलह गर्न, इलाका प्रशासन गलकोटमा स्थापना गर्न, नीतिगत भ्रष्टचार रोक्न पहल गर्न, गलकोट नगरअस्पतालको जग्गा व्यवस्थापनमा केन्द्रिय सरकारले सहयोग गर्न र उच्च शिक्षाको लागि गलकोट बहुमुखी क्याम्पसको स्तरोन्नति र दरबन्दी व्यवस्थापन गर्नको लागि पहल गरिदिन पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई आव्हान गर्नुपर्ने सुझाव प्राप्त भएको नेकपा एमाले बागलुङका उपसचिव डम्मर श्रीसले बताए ।

बैठकमा नेकपा एमालेका नेकपा एमालेका पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, मनकुमारी केसी, गोविन्द नेपाली केन्द्रिय, केन्द्रिय सल्लाहकार परिषद सदस्य नवराज पौडेल, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरे र जनप्रतिनिधि लगायतले बोल्नुभएको थियो ।

केन्द्रिय अध्यक्ष ओली सहितको टोलीलाई मंसिर २० गते विहान रुकुम र बागलुङ जिल्लाको सिमाना पातीहाल्नेमा स्वागत, सोहीदिन निसीखोलाको झिवाखोलामा भेटघाट, बुर्तिबाङमा स्वागत सहित भेटघाट, बडिगाड गाउँपालिकामा स्वागत, गुल्मीको वामी टक्सारमा स्वागत गरि सोही साँझ गलकोटमा स्वागत गरि त्यही बस्ने व्यवस्था मिलाईएको नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताउनुभयो ।

२१ गते गलकोटबाट बागलुङ बजार प्रस्थान गर्दा घोडाबाधेमा स्वागत, बागलुङ बजारको लोकतान्त्रीक चोकमा सभा, कालिका मन्दीरको दर्शन र मालढुङ्गा बागलुङ जिल्लाबाट विदाई गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *