नेपाल शिक्षक संघ बागलुङको प्रतिनिधि सभा स्थगित

आदर्श अनलाइन,बागलुङ

विश्वभर महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस संक्रमण (कोभिड–१९) का कारण नेपाल शिक्षक संघ बागलुङको १९ औं जिल्ला प्रतिनिधिसभा स्थगित भएको छ ।

बुधबार प्रत्रकार सम्मेलनको आयोजना गरी नेपाल शिक्षक संघले यही फागुन २४ र २५ गते बागलुङ बजारमा तय गरेको पुर्ववत महिला शिक्षक प्रशिक्षण तथा १९ औं जिल्ला प्रतिनिधि सभा अर्को सूचना नभए सम्मका लागि गगीत गरिएको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त पौडेलले बताउनुभयो ।

सबै पालिकामा प्रतिनिधि भेला सम्पन्न भएर एक हजार भन्दा बढी शिक्षक प्रतिनिधि उपस्थित हुने कार्यक्रम रहेकोमा सबै तयारी पुरा भए पनि कोरोनाका कारण अन्तिम समयमा कार्यक्रम स्थगन गर्नुपरेको सघंका उपाध्यक्ष सिता शर्माले बताउनुभयो । फागुन २५ गतेको मुख्य समारोहलाई सम्बोधन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आउनु हुने कार्यक्रम थियो ।

यसैगरी फागुन २५ गते अन्तिराष्ट्रिय महिला दिवसका अवसरमा बागलुङ बजारमा आयोजना गर्न लागिएको खुल्ला नगरपालिका स्तरीय वक्ृत्विकला कार्यक्रम समेत स्थगन गरिएको नेपाल महिला संघका अध्यक्ष सकुन्तला शर्माले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक संघका अर्थ सचिव राजेन्द्र शर्माले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *