संकल्प यात्राको समूहलाई स्वागत गर्न गण्डकी प्रदेशका नेता पातीहाल्नेमा


आदर्श अनलाइन, बागलुङ
समृद्धिको लागि संकल्प यात्रा–२०८० सञ्चालन गरेको नेकपा एमालेको केन्द्रिय टोलीलाई स्वागत गर्न गण्डकी प्रदेश सहित नेकपा एमालेका नेता बागलुङको पातिहाल्ने पुगेका छन् ।

केपी ओली सहित १५० नेताहरुको समूहलाई बुधबार गण्डकी र कर्णाली प्रदेशको सिमाक्षेत्र पाती हाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ ।

पातीहाल्नेमा नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदशेका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पूर्व मुख्यमन्त्री खगराज अधिकारी, एमाले गण्डकी इन्चार्ज गोकर्ण विष्ठ, जगत विश्वकर्मा सहितको गण्डकी प्रदेशका नेता तथा नेकपा एमाले बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य तथा जिल्ला स्तरीय नेताहरु निसीखोला पुग्नुभएको छ ।
पातीहाल्नेबाट एमाले उपमहासचिवले गण्डकी प्रदेशको संकल्प यात्रा तयारी पुरा भएको बताउनुभयो ।

नेकपा एमालेले सञ्चालन गरेको ‘समबन्ध स्थानीय –सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली बुधबार पातिहाल्ने आउने र बिहिबार सम्म जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रमका लागि पातीहाल्नेको स्वागत केन्द्रिय सदस्य सावित्रा राना, बुर्तिावाङमा केन्द्रिय सदस्य डा. सुर्य पाठक, गलकोटमा केन्द्रिय पोलिटव्यूरो सदस्य मन कुमारी केसी र बागलुङमा इन्द्रलाल सापकोटा अहोरात्र खटिनुभएको छ ।

संकल्प यात्रा लक्षित गरी पार्टीले १० स्थानीय तहका गाउँ तथा नगर र वडास्तरसम्मै भेला तथा अन्तरक्रिर्या समेत नगर, गाउँ तथा वडा भेला गरीसकेको छ भने सबै जनसंगठनलाई तयारीका लागि परिचालन गरेको पोलिटव्यूरो सदस्य मन कुमारी केसीले जानकारी दिनुभयो ।

वैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको पदयात्रामा निस्केको सो टोलीलाई स्वागत गर्न बजार क्षेत्रमा स्वागतद्धार निर्माण गर्नेदेखि बजारका बिच भागमा रहेका सवै स्थानमा सूर्य अंकित झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र अध्यक्ष ओलीका तस्विर अंकित झण्डाले बागलुङ बजार झकिझकाऊ पारिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *