नयाँ गन्तव्य टेउवामा प्राथमिकतामा काम हुन्छ: पर्यटनमन्त्री लम्साल

तस्बिरः सन्तोष क्षत्री

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री विकास लम्सालले प्रदेशकै नयाँ गन्तव्यको रुपमा टेउवा स्थापित भएको बताउनुभएको छ ।

गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौर टेउवामा आयोजित अन्र्तराष्ट्रिय मुर्तिकला कार्यशालाको समापन समारोहमा बोल्दै मन्त्री लम्सालले पर्यटकीय आकर्षणको गन्तव्यमा टेउवा मुलुकमै पृथक रुपमा स्थापित गरिएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले पर्यटनको नयाँ गन्तव्य निर्माण गर्न खोजिरहेको बेला गलकोटबासीको अथक मेहनेत र प्रयासका बीच आयोजित अन्र्तराष्टिय कार्यशालाले देशमै फरक पहिचान सहितको गन्तव्य निर्माण भएको मन्त्री लम्सालको भनाई थियो । ‘पर्यटनका लागि नयाँ क्षेत्र र गन्तव्यको पहिचान प्रर्वद्धनमा लागिरहेका छौ,’ उहाँले भन्नुभयो,‘सरकार प्रति परनिर्भर मात्र नभएर स्थानीय अगुवाकै बल र पहलमा सुन्दर काम भएको छ, अब प्रदेश सरकार टेउवालाई प्राथमिकतामा राखेर काम र सहयोग गर्न तयार छ ।’

कार्यशालामा निर्मित मूर्तिकलाको अवलोकन गर्दै पर्यटनमन्त्री विकास लम्साल

गलकोट कला प्रतिष्ठानले तयार गरेको गुरुयोजना अनुसार काम गर्न आग्रह गर्दै यसका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट बिनियोजन गर्ने बताउनुभयो ।

मूर्तिकला कार्यशालामा ११ देशका १५ मूर्तिकारले १७ वटा आकर्षक मूर्ति तयार गरेका छन् । कार्यशाला पश्चात विदेशी रेमिट्यान्स मोहका कारण उदास बन्दै गरेको दुर्गम गाउँ टेउवामा छुट्टै रौनकता र उत्साह पैदा भएको छ । गत फागुन ५ गतेदेखि सञ्चालित अन्र्तराष्ट्रिय मूर्तिकला कार्यशालामा घुम्टे पहाड, जल, जंगल, जमिन, मानव सभ्यता, ग्रामिण परिवेश, भगवान गौतम बुद्ध लगायतको मूर्ति तयार गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *