केपी ओलीलाई सुन्न बिहीबार बिहान १० बजे बागलुङ बजार आउनुहोस् : हिरा केसीे

आदर्श अनलाइन, बागलुङ
सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ नेकपा एमालेले सुरु गरेको सम्वृद्धिका लागि संकल्प यात्राको टोलिलाई बिहीबार बिहान १० बजे बागलुङ बजारमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित १ सय ५० केन्द्रीय नेता सहित बागलुङ प्रवेश गरेको टोली गलकोट नगरपालिकाको हटियामा आएर बास कार्यक्रम तालिका छ ।

संकल्प यात्राको टोलीलाई गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सिमाना बागलुङको पातिहाल्ने प्रवेश गरेसँगै बाजागाजा सहित स्वागत गरिएको थियो ।

झिवाखोला, बुर्तिवाङ, गुल्मिको वामिटक्सार हुँदै गल्कोट आएर बास बस्ने टोलीलाई बिहीबार बिहान १० बजे बागलुङमा स्वागत गर्न उपस्थित हुन जनसमुदायलाई नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले आग्रह गर्नु भएको छ ।

बैतडीको झुलाघाटदेखि सुरु भएको यात्राको आठौं दिन मंसिर २१ गते बिहीबार एमाले अध्यक्ष ओलीले बागलुङ बजारको लोकतान्त्रीक चोकमा सम्बोदन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमाले बागलुङका अध्यक्ष केसीले यो अभियान नेकपा एमालेको मात्र नभएको भन्दै अध्यक्ष ओलीलाई सुन्न, बुझन र सुझाव समेत दिनका लागि बागलुङ बासीलाई लोकतान्त्रीक चोकमा उपस्थित हुन अनुरोध गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *