बागलुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु (फोटो फिचर)


आदर्श अनलाइन, बागलुङ

बागलुङमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बाङ्गेचौर खेल मैदानमा शुरु भएको छ ।

शुक्रबार राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले खेल स्वास्थ्यका लागि मात्रै नभएर अनुशासनका लागि समेत महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले खेल क्षेत्रमा उत्साह ल्याएको भन्दै सबै विद्यालयहरुलाई खेल क्षेत्रमा देखाएको सक्रियताका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

नगरप्रमुख श्रेष्ठले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई व्यवस्थित बनाइएको बताउदै विद्यार्थी खेलाडीलाई प्रोत्साहनका कार्यक्रम ल्याइएको बताउनुभयो ।

“खेल्न आएका विद्यार्थीलाई कहाँ बसौं र कहाँ खाउ भन्ने हुँदैन नगरपालिकाले व्यवस्थापन गर्छ, खेल क्षेत्रमा उत्साह ल्याउन यो प्रतियोगिताले उजागर गरेको छ” श्रेष्ठले भन्नुभयो “प्रतियोगितामा अहिले सम्मकै उत्साहपूर्ण सहभागीता भएको पाइयो, म अत्यन्तै खुसी भएको छु ।”

कार्यक्रममा बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले विद्यार्थीमा खेल क्षेत्रको उभार ल्याउन यस्ता प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपाकिलाका–१ का वडा अध्यक्ष जय बहादुर केसीले बाङ्गेचौर खेल मैदानमा आयोजना गरिएको खेलले सिंगो जिल्लाकै गौरव बढाएको बताउनुभयो ।

प्रतियोगितमा सामुदायिक र संस्थागत गरी ३७ विद्यालयका विद्यार्थीको सहभागीता रहनेछ ।

कार्यक्रम बागलुङ बजारबाट ¥याली सहित बाङ्गेचौर खेल मैदानमा पुगेर मार्चपास पछि शुरु भएको थियो ।
कार्यक्रममा रुद्रपिपल माध्यामिक विद्यालय, कालिका कन्या मन्दिर विद्यालय र विद्यामन्दिर माध्यामिक विद्यालयले कला संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा व्याब्सन र एन प्यावसनको तर्फबाट मुनामदनमा आधारिकत नाटक प्रस्तुत गरिएको थियो । नाटकले सबैलाई भाबुक समेत बनाएको थियो ।

प्रतियोगिता उद्घाटन कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको अध्यक्षता, नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलको स्वागत मन्तव्य तथा शिक्षा अधिकृत गौरव रानामगर र रचना शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *