घुम्टेको परम्परागत होली पूर्णिमा मेला कोरोनाका कारण स्थगित

आदर्श अनलाइन, बागलुङ

कोरोना भाईरस (कोबिड–१९) संक्रमणको खतरा बढ्दै गएको भन्दै गलकोटको सामाजिक संस्था घुम्टे युवा परिवार मल्मले संस्थाको ३५ औ वार्षिकोत्सव तथा यस बर्षको होली पूर्णिमा मेला स्थगित गरेको छ ।

संस्थाले पुर्व निर्धारित समय तालिका अनुसार यहि फागुन २३ गतेदेखि २६ गतेसम्म तय गरेको विविध खेलकुद, सांस्कृतिक कार्यक्रम, कृषि मेला प्रदर्शनी सँगै राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुती सहितको होली पूर्णिमा मेला अहिले विश्वमा माहमारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै बुधवार बैठक बसी स्थगित गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।

नेपाल सरकारले कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गरि मेला, महोत्सव, सभा, सम्मेलन, बैठक, गोष्ठी नगर्न निर्देशन गरे बमोजिम वर्तमान परिस्थितीको गाम्भिर्यतालाई मनन गरि संस्थाको ३५ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला स्थगन गरिएको अध्यक्ष थापाले बताउनु भयो ।
संस्थाले स्थापनाकाल देखि नै होली पूर्णिमाको अवसरमा विविध कार्यक्रम सहित आफनो वार्षिकोत्सव तथा होली पूर्णिमा मेला सञ्चालन गर्दै आईरहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *