बागलुङ बहुउद्देश्यीय सहकारी २२ औँ वार्षिक साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्द्दाटन गर्दै जेष्ठ सदस्य तथा संरक्षक देवबहादुर श्रेष्ठले सहकारी नीति र सिद्धान्त अनुसार संचालन भए समस्या नआउने बताउनुभयो । सहकारीलाई बलियो बनाउन शेयर सदस्यको महत्वपूर्ण भूमिका हुने भन्दै सबै जिम्मेवार बन्नु पर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा संस्थाका सह-सचिव उषा पौडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्रप्रसाद शाक्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझीले लेखा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न विधामा ८९ जनालाई नगदसहित सम्मान गरिएको थियो । सो अवसरमा ग्रीन डेभलभ मेन्ट बैंकका अध्यक्ष गणेश श्रेष्ठ, सम्मानित शेयर सदस्यबाट रामप्रसाद खनाल, सल्लाहकार श्यामप्रसाद श्रेष्ठ, सेयर सदस्य वेद प्रसाद शर्मा र खड्ग कुमारी क्षेत्री लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षता, सदस्य निर्मला जिसी पन्तको स्वागत, सहसचिव उषा पौडेल र प्रबन्धक दिनेश पन्तको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *