महिला हित सहकारीको २२ औँ साधारणसभा


आदर्श अनलाइन, बागलुङ

महिला हित बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

सहकारीले जेष्ठ शेयर सदस्यबाट कार्यक्रमको उद्घाटन गराएको थियो । जेष्ठ शेयर सदस्य केशबकुमारी शर्माले साधारणसभाको उद्घाटन गर्नुभएको थियो । महिलाहरुलाई बचतमा लगाउने, उद्यमी बनाउने र आर्थिक उन्नतीमा लगाउने लक्षले सहकारीले २२ बर्षदेखि काम गर्दै आएको भन्दै उहाँले महिला हितले साँचिकै महिलाको हित गरेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित भएका महिला नेतृहरु मनकुमारी जिसी, शकुन्तला शर्मा, पिंगला जिसी, साधना श्रेष्ठ लगायतले सहकारीले आम नागरिकको भावना बुझेर काम गर्नुपर्ने बताउनुभयो । उनीहरुले महिला हित सहकारीले बिपन्न महिलालाई उद्यमी बनाउने काममा महत्वपूर्ण योगदान गरेको समेत बताएका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक युवराज त्रिपाठीले सहकारीलाई सही रुपमा प्रयोग गर्न सकेमा आम नागरिकको जीवनस्तर उकास्न मद्दत पुग्ने बताउनुभयो । उनले सहकारीका सिद्दान्त र मर्म अनुसार काम गर्ने सहकारीले कहिले पनि समस्या भोग्न नपर्ने समेत जानकारी गराउनुभएको थियो ।

महिला हित बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लीलादेवी खड्काको अध्यक्षता सचिव साबित्री केसीको संचालन र उपाध्यक्ष लक्ष्मी जिसी केसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *