बिनामारेमा जैमिनी नगरपालिकाकाे सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनी नगरपालिकामा पालिका स्तरीय पहिलो चौमासिक सार्वजनिक सुनुवाई बिनामारेमा आइतबार सम्पन्न भएको छ । स्थानीय पालिकाको सुुशासन, पारदर्शीता र जवाफदेहिताका लागि जैमिनी नगरपालिकाको आयोजना तथा लेखन नेपाल मिडिया प्रालिको सहजीकरणमासार्वजनिक सुनुवाईको भएको हो ।

सार्वजनिक सुनुवाईमा पहिलो चौमासिकमा वडामै पुगेर १७३ योजना सम्झौता गरिसकेको, पहिलो चौमासिकमा पालिकाको बजेटको आय रु.२५ करोड भएको र पहिलो चौमासिकमा खर्च रु. १४ करोड भएको प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर भुजेलले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाको दररेट नमिलेको, यातयात भाडामा मनपरी भएको कृषि सडक उपेक्षामा परेको र स्वास्थ्य बीमा मार्फत सेवा पाउन कठिन भएको लगायतका गुनासो नागरिकबाट उठेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय खुम बहादुर रोका, हर्क बहादुर थापा, पदम सुवेदी, तील बहादुर थापा, मनोज राना, परमानन्द बिक र तीलक कौशलले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, गुनासो र सुझाव राखेका थिए ।

कार्यक्रममा जनताको गुनासो चासो तथा सुझावहरुका विषयमा नगरप्रमुख नर बहादुर पुन, उपप्रमुख हरिहर शर्मा र प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर भुजेल तथा विषयगत शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो । जनताको प्रश्नको जवाफ सददै नगरप्रमुख नर बहादुर पुनले जनतकालाई सुचना प्रवाह र नगरपालिकाको कामको विषयमा जानकारी गराउन सार्वजनिक सुनुवाई आयोजना गरिएको बताउदै जनतालाइै उत्पादनसंग जोड्ने कार्यक्रमहरु ल्याएको बताउनुभयो ।

नगरपालिकाप्रति उठेका प्रश्नले नगरपालिकालाई काम प्रति थप जिम्मेबार बनाउने पुनले बताउनुभयो । कार्यक्रममा नगरउपप्रमुख हरीहर शर्माले नगरपालिकाको कृषि सडकमा डेढ अर्बको बजेट ल्याउने तयारी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले टिप्पणी गर्नुभएको थियो । पत्रकार सृजना पन्तले सार्वजनिक सुनुवाईको आचार संहिताको विषयमा जानकारी गराउनु भएको थियो भने पत्रकार संगम घर्तीमगरले नागरिकको सन्तुष्टी सर्वेक्षण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम जैमिनी नगरपाकिलाका नगरप्रमुख नर बहादुर पुनको अध्यक्षता तथा पत्रकार डम्मर बुढा मगरको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *