जेसीजको राष्ट्रिय उपाध्यक्षमा बागलुङका श्रेष्ठको उम्मेदवारी


आदर्श अनलाइन, बागलुङ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बागलुङ जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष सौरभ श्रेष्ठले उम्मेदवारी दिनु भएको छ ।

बागलुङ जेसीजको मातृशाखा बुटवल जेसीजको आतिथ्यतामा मंसिर २९ गतेदेखि पुस २ गतेसम्म बुटवलमा हुने ५० औ राष्ट्रिय सम्मेलनमा श्रेष्ठले उम्मेदवारी दिनु भएको हो ।

बागलुङ जेसीजले उम्मेदवार दिएको बिषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार श्रेष्ठले बागलुङलाई चिनाउन र बागलुङ जेसीजको गरिमालाई उचो राख्नका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो ।



१२ जना आवश्यक पर्ने राष्ट्रिय उपाध्यक्षमा २२ जनाको उमेदवारी परेको छ । २०१५ मा बागलुङ जेसीजको सदस्य बन्नु भएका श्रेष्ठ, कोषाध्यक्ष, महासचिव, कार्यकारिणी उपाध्यक्ष, तालिम निर्देशक हुँदै २०२३ मा शाखा अध्यक्ष बन्नु भएको जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।

देशभर रहेका १ सय ७८ शाखाबाट राष्ट्रिय सम्मेलनमा करिव १ हजार ५ सयले मतदान गर्न पाउने पूर्व अध्यक्ष राजभण्डारीले बताउनुभयो । यसअघि बागलुङ जेसीजले ५ बर्ष पहिले राष्ट्रिय अध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेको थियो ।

उम्मेदवार श्रेष्ठलाई बागलुङ जेसीज र उहाँको परिवारको तर्फबाट सफलताको शुभकामना सहित बिदाई पनि गरिएको छ । जेसीजको राष्ट्रिय अध्यक्षका लागि १ जना आवश्यक पर्नेमा ५ जना र ४ जना कार्यकारिणी उपाध्यक्षका लागि १३ जनाको उम्मेदवारी परेको जेसीजले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *