कांग्रेस महामन्त्री शर्मा बुर्तिबाङ आउँदै

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्व प्रकाश शर्मा मसिंर ३० गते बागलुङको बुर्तिबाङ आउनुहुने भएको छ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न शर्मा बुर्तिबाङ आउनुहुने भएको हो ।

पार्टीको राजनैतिक तथा सांगठनिक प्रतिवेदनसहित विगतमा पार्टीले गरेका गतिबिधिहरुको समिक्षा र भावि कार्यदिशा निर्माण गर्ने उद्देश्यले आयोजित सम्मेलनको तयारी सबै पूरा भएको क्षेत्रीय सभापति जोकलाल बुढा मगरले बताउनुभयो ।

सम्मेलनमा क्षेत्र नम्बर २ अन्तर्गतका ६ वटा पालिकाका ४८ वडाबाट ८ सय प्रतिनिधिसहित झण्डै २ हजार नेता कार्यकर्ता तथा सुभेच्छुकहरुको उपस्थिति रहने सभापति बुढा मगरले जानकारी दिनुभयो । केन्द्रको पार्टीको नीति तथा कार्यक्रमको बारेमा समेत जानकारी गराउने सम्मेलनको उद्देश्य रहेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *