‘मिसन ८४’ भन्दा ‘भिजन ९५’ मा लागौं : महामन्त्री शर्मा


आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनको चार वर्ष पछिको निर्वाचनको चिन्ता नलिन आग्रह गर्दै काममा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ‘मिसन ८४’ भन्दा ‘भिजन ९५’ मा लाग्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले निर्वाचनको चिन्ता लिनुभन्दा आगमी २०९५ साल सम्म गर्न सकिने विकास निर्माणको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

“नेपालमा भुकम्पपछि घर पुननिर्माण गर्नुभन्दा घर भत्कनै नदिने भिजन चाहियो, तत्कालै संभव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्नेगरी योजना बनऔं” शर्माले भन्नुभयो ।

पत्रकार सम्मेलनमा आगमी फागुन सात गतेदेखि शुरु हुने नेपाली कांग्रेसको महासमिति बैंठकमा अहिलेको सरकारको कामको विषयमा गम्भिर छलफल हुने बताउनुभयो ।

“अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस समेत छ, हामीले सरकारमा गएका मन्त्रीहरुको कामको समिक्षा गर्नेछौं, आगमी फागुन सम्म सरकारको कामले गति लिन आवश्यक छ नत्रभने सरकारको गम्भिर समिक्षा गर्न बाध्य हुनेछौं” शर्माले भन्नुभयो “कांग्रेस समेत क्षेत्रीय र जिल्ला सम्मेलनबाट आफूलाई सुधार गर्दै अगाढी बढ्ने सन्र्दभमा छ, निर्वाचनको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *