‘केशव बडाल सहकारी पत्रकारिता पुरस्कार’ सहकारी अखबारका दाहाललाई

आदर्श अनलाइन, बागलुङ
केशव बडाल सहकारी पत्रकारिता पुरस्कार’ खिलानाथ दाहाललाई प्रदान गरिएको छ । प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १४ औँ बार्षिक साधारण सभामा संस्थाका सल्लाहकार एवं राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी अखबारका प्रधान सम्पादक दाहाललाई पुरस्कृत गर्नु भएको हो ।

सहकारी अभियन्ता केशव बडालको नाममा पत्रकारहरुको कामको सम्मानका लागि बरिष्ठ उपाध्यक्ष मल्लले सो पुरस्कार २०७५ सालमा स्थापना गर्नुभएको हो । एक लाख एक हजार रुपैयाँको अक्षयकोष रहेको सो पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । पुरस्कार हरेक बर्ष सहकारी क्षेत्रलाई विट बनाएर पत्रकारिता गर्दै आएका पत्रकारलाई प्रदान गरिदै आएको छ ।

मल्लले सहकारी क्षेत्रमा राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष केशव बडालको सहकारी क्षेत्रमा विशेष योगदान रहेकोले उहाँको सम्मानका लागि यो पुरस्कार राखेको बताउनु भयो ।

२०७५ मा स्थापना गरिएको यो पुरस्कार पहिलो पटक सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईलाई प्रदान गरिएको थियो । २०७६ मा आदर्श सञ्चार सहकारी बागलुङका सह–सम्पादक सिर्जना पन्त, २०७७ मा राजधानी दैनिकका प्रमुख समाचारदाता रामसुदन तिमल्सिना, २०७८ मा तत्कालिन नेपाल टेलिभिजनकी समाचारदाता एलिजा उप्रेति र २०७९ मा सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठलाई प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *