अवकासपछि सुन्तला खेतीमा : वर्षेनी पाँच लाख कमाई


खेमराज गौतम , बागलुङ

धेरै जागिरेहरु अवकासपछि आराम गर्नुहुन्छ ।
तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेशामा बिताउदा समेत थाक्नु भएन ।

७१ वर्षको उमेरमा उत्तिकै जागर र जोशका साथ सुन्तला खेतीमा रमाउदै आउनुभएको छ ।
शिक्षक पेशाबाट अवकास हुनुभएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्त बहादुर खड्काले अवकासपछिको समय सुन्तला खेतीमा लगाउनुभएको १० वर्ष भयो ।
७१ वर्षीय खड्काले सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख आम्दानी गर्न सफल हुनुभएको छ ।
शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकास प्राप्त गर्नुभएको खड्काले मासिक ३५ हजार पेन्सन बुझ्दै आउनुभएको छ ।

आफू अहिले किसानका रुपमा सक्रिय बन्दै आएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताउनुभयो । खड्काले पुख्यौली ८ रोपनी जग्गामा लगाउनुभएको सुन्तला यसपटक चितवन पुगेको छ । विगतका वर्षमा धादिङ, चितवन र पोखरा पुगेको सिगानाको सुन्तला चितवनको बजारमा पुगेको हो ।

हाल २०० सुन्तलाको बोटबाट सुन्तला उत्पादन गरिराख्नुभएका खड्काले अवकासपछि आफूलाई सुन्तला खेती समर्पित गराएको बताउनुभयो । “परम्परागत कृषि पेशा पुख्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हो, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बने, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागे, अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई पाँच लाखमा एकमुष्ट बिक्रि गरे” खड्काले भन्नुभयो “७१ वर्षको उमेरमा समेत सुन्तला खेतीमा छु, वर्षमा तीन पटक स्याहार गर्न सके सुन्तलाले राम्रो उत्पादन दिन्छ, गत वर्ष समेत सुन्तला बिक्रिबाट पाँच लाख कमाएको हो ।” खड्काले गत वर्ष पोखराको सुन्तला व्यापारीलाई बिक्रि गरेको सुनाउनुभयो ।
चितवनको व्यापारीले सुन्तला बगाननै एक मुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाहरुले समेत रोजगारी पाएका छन् ।

आगमी वर्ष केही सुन्तलाको रुखले सुन्तला उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुँने खड्काको भनाई छ । गत वर्ष समेत सुन्तला बिक्रिबाटै पाँच लाख आम्दानी गर्नुभएको थियो । चिवनको सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला यस पटक चितवन आयात गरिरहनुभएको छ ।

सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुग्नुभएको हो । सुन्तला गाउँका रुपमा परिचित सिगानाका झण्डै एक सय किसानले सुन्तला फलाउदै आएका छन् ।

“चितवनको क्षेत्रपुरमा सिगानाको सुन्तला निर्यात भएको छ, हाम्रो सुन्तला लगिसकेपछि अन्य किसानको समेत सुन्तला चितवन लैजाने व्यापारीको भनाई छ” सुन्तला किसान खड्काले भन्नुभयो “परम्परागत खेती भन्दा सुन्तला खेतीबाट धेरै गुणा राम्रो कमाई गर्न सकिन्छ, सिगानामा म जस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानमा सरदर रु.तीन करोड सम्मको सुन्तला उत्पादन हुने गर्दछ ।”

पछिल्लो ६ वर्षदेखि खड्काले सुन्तलाबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । खड्का सहित सिगानामा टोप बहादुर खड्का, राम बहादुर खड्का लगायतका सुन्तला किसानले सिगानामा ठूलो परिणाममा सुन्तला उत्पादन गर्दै आउनुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *