बागलुङ दुर्घटनाः गम्भिर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ

आदर्श अनलाइन, बागलुङ

जिल्ला सदरमुकाममा आज दिउँसो गुडिरहेको मोटरसाइकल सडकबाट खस्दा गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत उद्दार गरी काठमाण्डौं लगिएको छ ।

बागलुङ बजारको मरेपिपल देखि बागलुङ नगरपालिका–१ रामरेखा तर्फ जादै गरेको बा ९२ प २९२० नम्बरको मोटर साईकल अनियन्त्रित भई सडकबाट खस्दा मोटरसाइकल चालक बागलुङ नगरपालिका–१ रामरेखाका विकास पौडेल गम्भिर घाइते हुनुभएको थियो । रामरेखाको निर्माणधीन उक्त सडकबाट मोटरसाईकल करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा घाइतेको तत्कालै उद्दार गरी धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाण्डौ पठाईएको लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभयो । पौडेल नेपाल बंगालादेश बैंक बागलुङ शाखाका प्रबन्धक समेत हुनुहुनछ । गम्भिर घाईते रहेका पौडेललाई प्रभु एयरको हेलिकप्टर मार्फत उद्दार गरि काठमाण्डौं लगिएको हो । उक्त मोटरसाईकलमा पौडेल सहित दुई जना सवार रहेका थिए । मोटरसाईकलमा सवार रामरेखाका २० बर्षिय रुपेश सापकोटा भने सामान्य घाइते भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *