बागलुङमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

रोहन जि.सी, बागलुङ

बागलुङमा विद्यार्थीहरुको क्षमता अभिृद्धिका लागि अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । संयुक्त चार युवा क्लब बागलुङको आयोजनामा गरिमा आवासीय मा.वि बागलुङमा बुधबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमारविक्रम क्षेत्रीले अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताले बालबालिकाहरुलाई प्रतिभा प्रस्फुटनको साथै एक अर्का विद्यालयको अवलोकन गर्ने अवसर सिर्जना गरेको बताउनुभयो ।

उहाँले यस प्रकारका कार्यक्रमलाई नियमित रुपमा एकअर्का विद्यालयमा आयोजना गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

माध्यमिक तह स्तरिय हाजिरीजवाफ प्रतियोगितामा बागलुङका १६ वटा विद्यालयको सहभागिता रहेको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा गरिमा आवासीय मा.वि प्रथम, अमर आदर्श मा.वि द्धितिय र न्यू एभरेष्ट एकेडेमी तृतिय स्थान हासिल गरेका छन ।

अन्तर विद्यालय स्तरिय अतिरीक्त क्रियाकलापले एक अर्का विद्यालयका वाल क्लवका बालबालिकाहरु विचको सम्वन्ध आदानप्रदान तथा क्षमता अभिवृद्धिका लागि अन्तरविद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको संयुक्त चार युवा क्लबका अध्यक्ष अभिषेक कटवाल क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थी गरि २ सय जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथमलाई पुरस्कार नगद रू. ६,०००, ट्रफी, मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद रु. ३,०००, ट्रफी, मेडल र प्रमाण पत्र र तृतिय पुरस्कार नगद रू. १,५००, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

हाजिरीजवाफमा विश्वको भुगोल, नेपालको भुगोल र संघिय संरचना, धर्म संस्कृति, विज्ञान प्रविधी, खेलकुद, समसामयिक, यापिड फायर र सम्बन्धित तहको पाठ्यपुस्तकमा आधारित गरी जम्मा ८ विधाका प्रश्नहरू सोधिएको थियो ।

प्रतियोगिता संयुक्त चार युवा क्लबका अध्यक्ष अभिषेक कटवाल क्षेत्रीको अध्यक्षता, सचिव विरोश क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *