देव बहादुर श्रेष्ठ
भन्ने गरिन्छ सुर्यको एक भागबाट यो पृथ्वीको जन्म भएको हो । सुरुमा यो पृथ्वीको भु–भाग आगोको ज्याला जस्तो थियो भनेर । धेरै समय पछि यो घरातले सेलाएर यहाँ प्राणीहरु बस्ने वातावरण बन्न सकेको हो । जलचर, थलचर, नभचरमा रहने प्राणिहरुमा सबैभन्दा पहिले जलचर माछाको उत्पत्ति भएको भन्ने वैज्ञानिकहरुको भनाई छ । मानवको उत्पत्ति कहिले कसरी कहाँबाट भयो यो आजसम्म पनि एक अनुसन्धानको विषय भएको छ । जव यो घर्तीमा मनुस्य रूपी– प्राणी आयो ।
उसलाई अरु प्राणी जसैगरी खानामा मात्र रमाउन सकेना पृथ्वीको घरातलमा अहिले सयौँ देशहर बनेको छ । देश महादेश मध्ये यो एसिया महादेश सवभन्दा ठूलो महादेश हो । यही महादेश भित्र नेपाल भन्ने हाम्रो देश पनि पर्दछ । नेपाल देश भित्र यसलाई संघीयताको आधारमा विभाजन गरेर ७७ जिल्लामा विभाजन गरिएको छ । नेपालको नक्सासँग मिल्ने यो बागलुङ जिल्लाको सदरमुकाम जिल्लाको छेउमा पर्दछ । पूर्वदेखि पश्चिमसम्म फैलिएको यो जिल्लामा संघीयता आए भएपछि चार नगरपालिका र ६ गाउँपालिका गरी १० इकाईमा विभाजन गरिएको छ ।
यो जिल्ला भरी विभिन्न मेला पर्वहरु समय समयमा लाग्ने गरेको छ । आजभन्दा केही दशक पहिले बागलुङ बजारमा विभिन्न समयमा विभिन्न मेला पनि लाग्ने गरेको थियो । बागलुङ बजारमा बसोबास गर्ने नेवार जातीहरु पृथ्वीनारायण शाहाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई जितेर कब्जामा लिएपछि त्यो स्थानमा बसोबास गर्ने नेवार जातीहरु देशको विभिन्न क्षेत्रमा सरेर बस्ने काम गरे । त्यसै बेलादेखि बागलुङ बजारमा आएका अधिकारी नेवारहरु भत्तपुर बनेपाबाट र कोही कोही– काठमाडू र ललितपुबाट यहाँ आएको देखिन्छ ।
नेवार जातीहरु आफूमात्र आएनन् । आफु आउदा सँगसँगै नेवारी कला र संस्कृतीलाई पनि साथ साथै बोकेर आए । त्यसो त यो इतिहास सयाँै वर्ष पहिलेको हो । अगाडी आज जो हात हातमा मोवाईल र घर घरमा टिभीको सेट थिएन । त्यो समयकालमा पर्व र चाडमा यहाँका स्थानिय कलाकारहरुले आफ्नो क्षमता देखाएर नाचगान गर्ने प्रथा थियो । स्कूल, कलेजमा बेला बेलामा नाटक प्रदर्शन पनि गर्ने चलन बागलुङ बजारमा हरेक जसो महिनामा हुने गर्दथ्यो ।
यहाँको सबैभन्दा राम्रो मेला पर्वहरु हुने र लामो मेला भनेको चैत्र दसैँ मला हो । यो मेला चैत महिनामा पर्ने चैत्रा अष्टमीदेखि पूर्णीमासम्म ७ दिन लागे गर्दथ्यो । त्यो समयमा जिल्लाका विभिन्न गाउँबाट आएका महिला पुरुषहरुले वर्ष भरी चाहिने लुगाफाटा मर मसला किनेर लाने गर्दथे । त्यो मेलामा गाउँघरमा बनाईएका डालो नाङ्लो, कुटो कोदालोका ठेकी अनी मादलहरू पनि किनमेल हुने गर्दथ्यो । वर्षभरी भेट हुन– नपाएका तरुनी तन्नेहरुले यहाँ बनाइएको मान्द्रोको छाप्रोमा बसेर यानी माया, सुनीमायाका दोहोरी गित गाएर छुट्टिने बेलामा दुवैले आँशु, बगाएर फेरी अको वर्षमा भेट हुने वाचा कवल गरेर विदा बाजी हुन्थ्ये ।
चैत्रा अष्टमीको मेलापछि भदौमा भदौरे जात्रा हुने गर्दथ्यो । जहाँ बागलुङ बजारमा, जोगी नाच, लाखे नाच, रोपाह नाच, घोँडा नाच र भेटेर नाच पनि प्रदर्शन गर्ने चलन थियो र त्यो आजसम्म पनि देखाइने गरिएको छ । बागलुङमा देखाइने हनुमान नाच भक्तपुरमा देखाइने हनुमान नाचभन्दा भिन्न किसिमको छ । यस्का ताल र बाजाहरु, बजाउन हरेक दर्शकहरुलाई एउटा अनौठो किसिमको शरीरमा तरंग पैदा हुन्छ । यो नाच हरेक ३ वर्षमा नचाउने चलन थियो । तर धेरै वर्ष भयो यो नॉचले बागलुङ बजारमा प्रश्य पाएको छैन । त्यस्तै गरेर कार्तिक महिनामा पर्ने ठूली एकादशीको पनि आफ्नै महत्व छ ।
वरपरका धेरै गाउँपालिकाबाट भजन किर्तन गरेर रातभर निरहे घाटको तिरमा बसेर विहानतिर तोरण तार्ने चलन थियो । त्यो पनि धेरै वर्ष भयो यो मेलाले मुहर्त रुप लिन सकेको छैन । अव अतितका ती पर्व र मेलाहरु आधुनिक युगको प्रवेशसँगै सेलाउदै गएको छ, हामीले अतितको इतिहास बिर्सनु हँुदैन र यस्लाई पुर्न जागरण गरी बजारमा चहल पहल ल्याउनु जरूरी पनि छ । वारी पाखा न्याउली, रुने
पारी पाखा म रुने
बीच बाटोमा भेटै नहुने