जिल्ला कृषि सहकारी संघ ललितपुरको साधारणसभा


आदर्श अनलाइन, ललितपुर

जिल्ला कृषि सहकारी संघ लिमिटेड ललितपुरको तेस्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष अन्तर्राष्ट्रिय बैकिङ संघका सञ्चालक के.बी.उप्रेतीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उप्रेतीले सहकारीलाई संस्थागत रुपमा अगाडि बढाउनका लागि संघ र प्रारम्भिक संस्थाहरुबीच सहज र सक्रिय सम्बन्ध बनाउनु पर्नेमा जोड दिनुभयो ।

सहकारी क्षेत्रलाई थप प्रभावकारी र सहज रुपमा अगाडि बढाउनका लागि सहकारीका सदस्यहरुको सक्रियता आवश्यक रहेको भन्दै उहाँले संघलाई थप सक्रिय बनाउन सदस्य संस्थाहरुको साथ आवश्यक रहेको बताउनुभयो ।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले संघमा आवद्ध सबै संस्थाहरुको समग्र अवस्थामा पहिचान गरी संघ र सदस्य संस्थाहरुबीच समन्वय गरी अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

जिल्ला कृषि सहकारी संघ ललितपुरले जिल्ला च्याउ उत्पादक सहकारी संघ ललितपुरसंग एकीकरण गरी सदस्य संस्थाहरुबीच सहकार्य गर्दै अगाडि बढेको छ ।

संघमा हाल ललितपुर जिल्लाका १ सय ४१ वटा शेयर सदस्यहरु रहेको र कतिपय कृषि संस्थाहरु सक्रिय नभएकाले सबैलाई सक्रिय बनाउने र सक्रिय नहुने संस्थाहरुलाई एकीकरण गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

संघका अध्यक्ष मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष चित्रराज तिमिल्सिनाले आर्थिक तथा प्रगति प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक बद्री घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव पुरुषोत्तम हुमागाई र स्वागत उपाध्यक्ष इन्द्र कुमारी थापाले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *