गैरआवासीय नेपाली तारा सिजन–४ को दोस्रो चरणको छनौट कार्यक्रम सम्पन्न

आदर्श अनलाइन, दोहा/कतार
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु ९गुरुङ० समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन –४’को दोस्रो चरणको छनौट सम्पन्न भएको छ ।

‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, आयोजित प्रतियोगिताको दोस्रो चरणको छनौट कार्यक्रम शुक्रबार दोहामा सम्पनन भएको हो ।

प्रतियोगिताको तेस्रो चरणमा गायन विधाका १७ र नृत्य विधाका १० जना प्रतियोगी प्रवेश गरेका छनर । डिजिटल अडिसन पछिको पहिलो मेघा अडिसन बाट गायन विधाबाट २७ जना र नृत्य विधाबाट १४ जना प्रतियोगी दोस्रो चरणमा पुगे पनि गायन विधामा २६ जना र नृत्य विधामा १३ जनाले प्रतिस्पर्धा गरेका थिए ।

गायन विधाबाट अघिल्लो चरण प्रवेश गर्नेमा सुजन गुरुङ, बुद्ध सिंह लिम्बू, भीम बहादुर कार्काी, जोन विक, असोक गुरुङ, रुष्तम तामाङ, मानसिंह परियार, इसान रेग्मी, सुरज केसी, मालती लामा, बनिता राई, दीपक कुमार घले, गौतम सामी लिम्बू, प्रविण रामदाम, क्षितिज तामाङ, उत्तम राई र सरला तामाङ रहेका छन् ।

यस्तै नृत्य विधातर्फ जुनुमाया कुमाल, झरना राई, दिया सिंह, जीवन खालिंग राई, अमित राई, रिता श्रेष्ठ, सौजार चाहार, निरु श्रेष्ठ, सरोज लामा र सुनिता शेर्पा अर्को चरणमा प्रवेश गरेका छन ।
प्रतियोगिताकोे गायन विधाको निर्णयकमा वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक रहनुभएको छ भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगर हुनुहुन्छ ।

प्रतियोगिताको तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रअरी २०२४ मा सम्पन्न हुने छ र कार्यक्रमबा बचत भएको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगी गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *