काठेखोलाको दुग्ध सहकारीले बेच्यो ७२ लाखको दुध

आदर्श अनलाइन, बागलुङ
बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं. २ बागलुङले गत आर्थिक वर्षमा ७२ लाख रुपैयाको दुध विक्री गरेको छ । संस्थाको सोमबार सम्पन्न ११ औं वार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष राम बहादुर हमालले गत आर्थिक वर्ष २०७९÷८० मा संस्थाले ७२ लाख ३६ हजार ५ सय ९० रुपैया बराबरको दुध विक्री गर्न सफल भएको जानकारी दिनुभएको हो ।

काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका ६९ जना शेयर सदस्यहरु मिलेर करिव ४ करोडको लागतमा सञ्चालनमा ल्याएको गाई फार्मबाट उत्पादित दुध बागलुङ दुग्ध सहकारी संघ लिमिटेड मार्फत बागलुङ बजारमा विक्री वितरण हुदै आएको संस्थाले जनाएको छ ।

गाउँमा पशुपालन गर्ने जनशक्ति विस्तारै पलायन हुदैछ, कृषकले उत्पादन गर्ने दुध घट्न नदिनका लागि हामीले सहकारीमार्फत फार्म सञ्चालन गरेका हौ, तर पशुपालनका लागि आवश्यक दाना, औषधी लगायतको लागत बढी भएका कारण फार्म सञ्चालनमा समेत समस्या सिर्जना भएको संस्थाका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।

संस्थाको ११ औं वार्षिक साधारणसभाको उदघाट्न राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै उहाँले सहकारीमार्फत शेयर सदस्यहरुले सञ्चालन गरेको फार्मलाई दिर्घकालिन रुपमा सञ्चालनका लागि राज्यका तर्फबाट सहयोग आवश्यक रहेको बताउनु भएको थियो । उत्पादनमा केन्द्रीत जनशक्ति विस्तारै पलायन भएको छ, संस्थागत रुपमा सञ्चालनमा आएका यस्ता फार्महरुलाई निरन्तर सञ्चालनका लागि स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार र अन्य सरोकारवालाहरुले समेत सहयोग गर्नु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखा समन्वय उपसमितिका सदस्य तथा प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुमार पौडेलले सहकारीमार्फत सञ्चालित व्यवसायलाई राज्यले गर्ने व्यवहार सकारात्मक रहनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष बालानन्द कंडेलको स्वागत र सचिव लाल बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *