‘रायो साग’को प्रचारसँगै ब्राण्डिङ गर

सम्पादकीय
बागलुङ जिल्लाको रायडाँडा दुरीका हिसाबले सदरमुकाम नजिक छ । तर, भुगोलका हिसाबले केही जटिल र कठिन छ । सडक पहुँचका हिसाबले पनि अझै सकस बेहोर्नु पर्ने बाध्यता छ । कृषिमा निर्भर यहाँका नागरिकको जीवन दैनिकी पनि केही कष्टप्रद छ नै । यद्यपि, रायडाँडाको एक सुखद समाचार सार्वजनिक भयो । जुन समाचार मात्र थिएन, स्थानीय स्तरमा खेतीपाती गर्ने किसानहरुका लागी एक सुःखद र सकरात्मक संकेत थियो । जुन सोमबार दिनभरजसो भाइरल र चर्चामा रहिरह्यो । गाउँमा आएका स्थानिय सरकारका प्रमुख, उप–प्रमुख, कर्मचारी र पाहुनालाई स्थानीय स्तरमा उत्पादित डोकामा रायोको साग उपाहार दिएर कृषि उपजको प्रवद्र्धन गर्ने वडाको प्रयास प्रशंसनीय छ ।

मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री दिने प्रचलन छ । रायडाँडाको रायोको साग बजारमा लोकप्रिय मानिन्छ । नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रुपमा रहेको वडा नं ११ रायडाँडा कृषिमा निकै सम्भावना भएको गाउँ हो । बागलुङबाट पुगेका अतिथि पाहुनाले वडा कार्यालयले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न खोजेको पहल र प्रयासलाई सामाजिक सञ्जालमा स्थानीय उत्पादनको प्रवद्र्धन भएको भन्दै धेरैले प्रशंसासमेत गरेका छन् । स्थानीय निगालोबाट बनेको डोको र रायोको सागको प्रवद्र्धनका लागि यो निकै राम्रो काको सुरुआत भएको छ । जसको सामाजिक सञ्जालदेखि सर्वसाधारण सर्वत्र प्रंशसा भइरहेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ११ मा दोस्रो कार्यकालका लागि वडा अध्यक्ष बनेका ज्ञानेन्द्र गौतम नेतृत्वको टिमले अरु काम के कसरी गरिरहेका छन् ? त्यो त वडाबासीलाई नै अनुभूत भएको होला । तर, कृषिमा लागिरहेकाहरुलाई उत्साह र प्रोत्साहित गर्ने पछिल्लोक कदमले सकारात्मक सन्देश प्रवाह गरेको छ । सहकारीमार्फत रायो सागको बजारीकरण गर्न स्थानीय बजारका साथै पोखरासम्म पु¥याउने गरिएकोमा अब स्थानीय सरकारले यसको प्रबद्र्धनका लागि पहल मात्र होइन, अब बजारिकरणको समेत जिम्मेवारी लिनुपर्छ । रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मनिर्भर छ । उसो त रायडाँडा बसाइँ सराइको चपेटामा छ । यसलाई रोक्न पनि रायो सागलाई थप ब्राण्डिङ गरेर व्यापक बजारिकरणमा पनि वडा कार्यालय, बागलुङ नगरपालिकाले नेतृत्वदायक भूमिका र जिम्मेवारी लिनुपर्छ । यसले स्थानीय सरकारको अपनत्व र लोकप्रियतालाई देशव्यापी रुपमा बढावा दिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *