भोलीदेखि सातौ बागलुङ महोत्सव


आदर्श अनलाइन, बागलुङ

बागलुङ उद्योग वाणिज्य महासंघले चार वर्षपछि गर्न थालेको सातौं बागलुङ महोत्सवको तयारी पुरा भएको छ । यही पौष ११ देखि २१ गतेसम्म आयोजना हुँने बागलुङ महोत्सवको तयारीलाई अन्तिम रुप दिइएको छ ।

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा ‘बागलुङ महोत्सव २०८०’ हुन लागेको हो ।
यस अघि २०७६ सालमा महोत्सव आयोजना गरिएको थियो विगतका वर्षमा गरिएका महोत्सवले बागलुङ बजारको व्यापार फष्ठाउदै आएको थियो ।

कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी हुँने बताउदै तयारी अन्तिम चरणमा पुगेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । “मुख्य मञ्च, स्टल, रमाइलो मेला लगायतको काम सकिएको छ, बागलुङ बजार क्रमश सिगारिदै छ” कँडेलले भन्नुभयो “राष्ट्रपति रामचन्द्र पौडेल आउने भएपछि विशेष तयारी भएको छ, मेलामा आउन सबैलाई निम्ता गर्दछुृ ।”

महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउदै कँडेलले महोत्सवमा स्थानीय उत्पादनको छुट्टै स्टल राखिने बताउनुभयो ।

बागलुङका स्थानीय उत्पादन सुन्तला, गुन्द्रुक, भाँगो र सिस्नोको पाउडरको प्रर्बद्धन गरिने बताउनुभयो । महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पु¥याउने अध्यक्ष कँडेलले बताउनुभयो ।

महोत्सवमा १२० भन्दा बढी स्टल रहने बताउदै कँडेलले सामाजिक उत्तदायीत्व सहितको महोत्सव गर्न थालिएको बताउनुभयो । मेलमा रु. एक करोड ७० लाख आम्दानी गर्ने र एक करोड ४५ लाख खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवमा ७ लाख दर्शक भित्रिने र १० करोडको आर्थिक कारोवार हुने कँडेलले बताउनुभयो ।

महोत्सवको अवसरमा खुल्ला रिले दोहोरी तथा लाईभ दोहोरी गित, खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन गरिने संघका महासचिवन ऋषिराम गौतमले बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्यसंघको सामाजिक उत्तदायित्व अन्र्तगत महोत्सवबाट बचत भएको रकमले बागलुङ उद्योग वाणिज्य संघको सामाजिक उत्तरदायित्व अन्र्तगत सदस्य कल्याणकारी कोषमा रु. ५ लाख जम्मा गरिने, धौलागिरी बहुमुखी क्याम्पसको छात्रावृति कोषमा सहयोग गरिने, बागलुङ बजारको सिसि क्यामेरा जडानमा सहयोग गर्ने, कोसेली घर सञ्चालनमा ल्याउने र नेपाल पत्रकार महासंघको संस्थागत विकासमा सहयोग पु¥याइने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *