जैमिनीका बिन्दुको उपचारका लागि फेसबुकबाटै ५ लाख सहयोग

दिपेन्द्र परियार, कुश्मिशेरा

बागलुङ जिल्लाको जैमिनी नगरपालिका कुश्मिशेराका दुबै मिर्गौला पीडित बिन्दु थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

सामाजीक सञ्जाल फेसबुक मार्फत सुनौलो बागलुङ संस्थाका संस्थापक शिव श्रीस, नेपाली काँग्रेस जैमिनी नगरपालिकाका सचिव तथा युवा नेता पुरन श्रीस र जोजो क्षेत्रीको पहलमा संकलित रकम नगद ५ लाख ५ हजार ८ सय ५ रुपैयाँ पीडित थापाका बुवा मनबहादुर थापालाई हस्तान्तरण गरिएको हो ।

२२ बर्षिया बिन्दुको दुबै मिर्गौला फेल भए पछि हाल भारतको नयाँ दिल्ली स्थित अस्पतालमा उपचार भइरहेको छ । फेसबुकमा सुनौलो बागलुङ नामक संस्था मार्फत बिभिन्न सामाजिक कार्य गर्दै आएका ति युवाहरुले थापाको उपचारमा आर्थिक अभाब भएपछि विन्दु थापा बचाउ अभियान चलाएका थिए ।

फागुन १ गतेदेखि सञ्चालन गरिएको अभियानमा देश तथा विदेशमा रहेका जैमिनीवसी र शुभेच्छुकहरुले सहयोग गरेको अभियन्ता पूरन श्रीसले आदर्श अनलाइनलाई बताए । श्रीसका अनुसार, हङकङमा कार्यरत जैमिनीवासी र अन्य बिभिन्न क्षेत्रका प्रवासीहरुले नगद १ लाख ११ हजार सहयोग गरेका थिए । पीडित बिन्दुका बुवा मनबहादुर थापाका अनुसार हालसम्म उपचारमा ६/७ लाख खर्च भईसकेको छ भने घरको आर्थिक अबस्था निकै कमजोर भएकाले थप उपचार र खर्चको पिरलो छ । यस अभियानमा सहयोग गर्ने सबै प्रति आभारी रहेको थापाले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *