बागलुङ महोसत्वको दोस्रो दिन : महिला भलिबल प्रतियोगिता सुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा संचालित सातौँ बागलुङ महोत्सवको दोस्रो दिन खुल्ला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा प्रेम दाईको रेष्टुरेण्ट तंग्राम र धौलागिरी बहुमुखी क्याम्पस बागलुङ बीच भएको थियो ।

प्रेम दाईको रेष्टुरेण्ट तंग्रामले धौलागिरी बहुमुखी क्याम्पसलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । तंग्रामले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–११ ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङ र काठेखोला गाउँपालिका बीच भएको थियो । सुनचाँदी व्यवसायी संघले काठेखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । सुनचाँदी व्यवसायी संघले २५–२०, २५–१३ र २५–१४ को सोझो सेटमा जित हात पारेको खेल संयोजक किशोर थापा छन्त्यालले जानकारी दिनुभयो ।

शुक्रबार पहिलो खेल गलकोट नगरपालिका–१० पाण्डवखानी र निर्माण व्यवसायी संघ बागलुङ बीच हुनेछ भने दोस्रो खेल नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङ र नव मालिका युवा क्लब बागलुङका बीच हुने उहाँको भनाइ छ । प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय हुने टिमले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने भलिबल संयोजक सञ्जय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै आज कलाकार रवी कार्की, भूमिका गिरी, जया छन्त्याल, सञ्जिवंसिह राना, अर्पणराज गिरी, साहिमा श्रेष्ठ, कुशुम बुढाथोकी र रिमा थापाले दर्शकलाई छमछमी नचाएका थिए । सो अवसरमा लोक भजन प्रदर्शन, विभिन्न कलाकारहरु लाइभ दोहोरीगीतसँगै सांस्कृतिक कार्यक्रम भएका थिए ।

बुधबारदेखि सुरु भएको महोत्सव पौष २१ गतेसम्म चल्ने छ । यस अवसरमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता आयोजना गरिएको छ ।

महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहेका छन् । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने र रु १० करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *