ब्रोडब्यान्ड नेटवर्कको पहुँच बारे अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ
नेपाल दूरसञ्चार प्राधिकरणले बागलुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क विस्तारको बारेमा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।

चार जिल्लाहरुमा ग्रामिण दूरसञ्चार विकास कोष अन्तरगत प्रदान गरिएको ब्रोडब्याण्ड पहुँच नेटवर्क परियोजानको प्रभावका बारेमा मुल्याङ्कन पुरा भएपछिको नतिजाको बारेमा जानकारी गराउन अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो ।
यस परियोजनाले यि चार जिल्लाहरुमा सफलतापुर्वक ब्रोडव्यान्ड नेटवर्क जडान तथा विस्तार गरेको सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले ब्रोडव्यान्डको नेटवर्क विस्तार सँगै सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, पालिका र वडा कार्यालयमा इन्टरनेटको सहज पहुँच पुगेको बताए । उनले पछिल्लो समयमा हरेक कुरा प्रविधि सँग जोडिएको हुँदा सवै क्षेत्रमा इन्टरनेट सेवाको विस्तार जरुरी रहेको बताए । सुवेदीले ग्रामिण दुरसञ्चार विकास कोष मार्फतको लगानीले आम नागरिकलाई सहज सेवा पुग्नेमा विश्वास व्यक्त गरे ।

हाल बागलुङका २६४ स्थान, म्याग्दीका १५८ स्थान मनाङका ५२ स्थान र मुस्ताङका ५६ स्थान गरी ५३० विद्यालय, स्वास्थ्य संस्था स्थानिय तहमा यसको सेवा विस्तार भएको छ । परियोजना बाहेक ४ हजार ८३९ सर्वसाधरणको यसमा सहभागिता रहेको ग्रामिण दूरसञ्चार विकास कोषका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठले जानकारी दिए । परियोजनाको जिम्मेवारी टेकमाइन्ड प्रालीले पाएको बताईएको छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष अमर थापा, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले प्रविधिको विकास सँगै सवै निकायमा यसको पहुँच पुग्नुपर्ने बताए ।

परियोजना अन्तर्गत तयार हुने अप्टिलक फाइबर नेटवर्कबाट ती जिल्लामा सबै क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच विस्तार भएको बताईएको छ । प्राधिकरणले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकबाट कुल वार्षिक आम्दानीको दुई प्रतिशत रकम संकलन गर्ने गरी ग्रामीण दूरसञ्चार विकास कोष बनाएको छ । सोही कोषमा जम्मा भएको रकम अनुदानमा उपलब्ध गराएर हाल विभिन्न प्याकेजमा देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने परियोजनाहरु अगाडि बढाईएको हो ।

सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले कोषमार्फत निःशुल्क इन्टरनेट सेवा, वाईफाई सेवा विस्तार भइरहेको बताउदै सेवा प्रदायक कम्पनीहरु जिम्मेबार ढंगले कार्य सम्पादनमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रम सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीको अध्यक्षता नेपाल दुरसञ्चार प्राधिकरणका दिपेश आचार्य र क्लाउड कनेक्ट इन्टरनेशनल प्रालिका प्रतिनिधि सञ्जय खतिवडाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *