आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले शेयर सदस्य शिवकला थापाको सासुआमाको निधन प्रति दु:ख व्यक्त गर्दै शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका वडा नं. ३ निवासी थापाकी सासुआमा जमुना थापाको पुस ७ गते ९६ वर्षको उमेरमा निधन भएको थियो । निधन भएको सातौं दिनको पुण्य तिथि पारेर आदर्श सञ्चार सहकारीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका सल्लाहकार रूद्र बहादुर महत, शेयर सदस्य बाबुराज कार्कीले संस्थाको नियम अनुसार शेयर सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने ५ हजार रुपैया परिवारका सदस्यलाई हस्तान्तरण गर्नु भएको थियो । साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोष स्थापना गरी शेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र शेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन, आदर्श सञ्चार अनलाईन समेत सञ्चालनमा ल्याएको छ । संस्थाले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *