लोकदीप सहकारीद्वारा जेष्ठ शेयर सदस्य सम्मान

आदर्श अनलाइन, बागलुङ
म्याग्दीको बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसर पारेर जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।

शनिबार बेनीमा सम्पन्न सहकारीको १० औं वार्षिक साधारणसभामा सहकारी संस्था स्थापनाकाल देखिनै संस्थामा योगदान दिने १८ जना जेष्ठ सदस्यहरुलाई संस्थाले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, संस्थाका अध्यक्ष हरिकृष्ण गौतमलगायतले जेष्ठ सदस्यहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

सोही कार्यक्रममा सहकारीमा उत्कृष्ट उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । बाल बचत तर्फको खत्रुके बचत गर्ने २ जना, दैनिक बचत(क्रमिक बचत) तर्फ दुई जना र असल ऋणी दुई जनालाई सम्मान गरिएको संस्थाका प्रवन्धक नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी संस्थाले बेनी नगरपालिका ९ घतानकी शेयर सदस्य हिराकुमारी चोखाल, विद्यार्थी पुष्पा राई र एथलेटिक्स खेलाडी शुष्मा परियारलाई खाद्यान्न सामग्री साधारण सभाकै अवसरमा वितरण गरेको थियो ।

आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाइ ध्यान राख्दै बेनी बजारमा रहेको दिगो क्लिनिक र कोर स्माइल डेण्टल स्वास्थ्य सम्झौता समेत सहकारीले साधारणसभाको अवसरमा गरेको छ । दुई वटै स्वास्थ्य संस्थाले लोकदीप बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुलाई स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने जनाएका छन् ।

दिगो क्लिनिकका सञ्चालक डा.गोविन्द पोखरेलले सहकारी संग जोगिएर काम गर्दा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो मानव स्वास्थ्य महत्वपूर्ण भएकोले सहकारीले स्वास्थ्य संग जोडेर अभियान थाल्नु सकारात्मक भएको बताउनुभयो ।

संस्थाको साधारणसभाको उद्घाटन सत्रमा शेयर सदस्यका तर्फबाट हिराकुमारी चोखाल र कमल ढुंगानाले मन्तव्य राख्नुभएको थियो । देवेन्द्र पौडेल कोषाध्यक्षको प्रतिबेदन, ओमप्रसाद शर्माले सचिवको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्षमा प्रमिला
लोकदीप बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा बाट प्रमिला जोशी श्रेष्ठ अध्यक्षमा नयाँ सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा भिमनाथ शर्मा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा गोविन्द प्रसाद रिजाल, शर्मिला जोशी श्रेष्ठ, ओम प्रसाद शर्मा, प्रेम नेपाली, चिरञ्जीवि सुवेदी, गितु आचार्य र भगिरथ उपाध्याय निर्वाचित हुनुभएको संस्थाका निवर्तमान अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो ।

सहकारी संस्थाको लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक खोमराज उपाध्याय एवम् सदस्यहरुमा शुसिला रोका र बामदेम रिजाललाइ चयन गरेको छ । एकहजार एक सय ५६ शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी १ करोड ६६ लाख ९८ हजार ९ सय रुपैया रहेको छ । संस्थामा जगेडा कोष २७ लाख १४ हजार २७ रुपैयाँ रहेको छ ।

सचिव ओमप्रसाद शर्माको संचालनमा भएको उद्घाटनसत्रको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा हात हातमा लोकदीप नामक स्मार्ट मोवाईल वैकिङ्ग सेवाको शुभारम्भ ज्येष्ठ शेयर सदस्य नैन कुमार श्रेष्ठले गर्नुभएका थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *