बागलुङमा २० करोडको सुन्तला उत्पादन

आदर्श अनलाइन, बागलुङ

बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट बागलुङमा २० करोड बराबरको सुन्तला उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रले हालै गरेको सर्वेक्षण अनुसार बागलुङमा यस वर्ष तीन हजार ९२० मेट्रिक टन सुन्तला उत्पादन भएको जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष समग्र बागलुङ जिल्लाभार ६५ मेट्रिक टन सुन्तला कम फलेको सर्वेक्षणले जनाएको छ । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाका कृषि शाखा बाट सुन्तला उत्पादन हुँने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले रु. २० करोड मुल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो ।

“गत वर्षको तुलनामा बागलुङमा सुन्तला उत्पादनमा कमी आएको तथ्याङ्क निकालेका छौं, नमूना रुपमा संकलन गरिएको तथ्याङ्कमा औसा किरा र सुन्तलाको जरा कुहिँने समस्याले सुन्तला उत्पादन घटेको छ, यद्यपी सुन्तला गाउँका रुपमा रहेको सिगानामा सुन्तला उत्पादन वृद्धि भएको छ भने बिहुँ, सर्कुवा लगायतका गाउँमा सुन्तला उत्पादनमा कमी आएको हो” पुनले भन्नुभयो “उत्पादनको ७५ प्रतिशच सुन्तला किसानले बिक्रि गर्ने गरेका छन्, सिगानामा क्षेत्रगत औशा किसान नियन्त्रण कार्यक्रम सञ्चालित छ, यो कार्यक्रम जिल्लाभर पु¥याउने ज्ञान केन्द्रको लक्ष्य रहेको छ ।”

बागलुङको बिहुँ, सिगाना, सकुर्वा, बिनामारे, हरिचौर, बिरकोट, भकुण्डे र तित्याङ लगायतको स्थानमा बढी मात्रमा सुन्तला फल्ने गरेको पाइएको छ । २० करोडको सुन्तला उत्पादान भएको बागलुङमा उत्पदानको ६० प्रतिशत सुन्तला बिक्रि भइसकेको छ भने अन्य सुन्तला बिक्रि हुँन बाँकी रहेको ज्ञान केन्द्रको तथ्याङ्कले जनाएको छ । सुन्तला उत्पालनमा कमी आउनुमा व्यवस्थापकीय कमजोरी, मलखात नपुगेको र औशा किरा व्यवस्थापन गर्न नसकिएको अध्ययनका क्रममा पाइएको पुनले बताउनुभयो ।

“खेतम लगाइएका सुन्तलाको जरा कुहिँएको छ, अन्य स्थानमा औशा किराको प्रकोप देखिएको छ, सुन्तला किसानहरुलाई अभिमुखीकरणको खाँचो हामीले देखेका छौं” पुनले भन्नुभयो “सुन्तलाको जरामा पानी जम्न दिएमा जरा कुहिँन्छ, किसानले सजकता अपनाउन आवश्यक छ ।” पछिल्लो समय कृषक सुन्तला खेतीप्रति आकर्षित हुँदै गएको भन्दै यहाँको वातावरण पनि अमिलो प्रजातिका फलफूलका लागि अनुकूल खालको रहेको बताउदै पुनले रोग संज सजग भएमा क्रमश सुन्तला उत्पादन बढ्ने बताउनुभयो ।

बागलुङको सुन्तला चितवन, काठमाण्डौ, धादिङ र नारायणगढ सम्म पुग्ने गरेको सूनतला किसान शिव कुमार खड्काले बताउनुभयो । बागलुङको सिगानाका अगुवा किसानहरुले सुन्तलाको मुल्य दोब्बर बनाउन भण्डारण समेत गर्दै आएका छन् । खड्काका अनुसार पछिल्लो पाँच वर्ष यता सिगानामा ३० हजार सुन्तलाका नयाँ बोट थपिएको भन्दै पाँच वर्ष पछि सिगाना गाउँबाट मात्रै पाँच करोडको सुन्तला बिक्रि हुँने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *