बागलुङ जेसीजको ४६ औ पदस्थापना सम्पन्न, राष्ट्रिय उपाध्यक्षमा निर्वाचित श्रेष्ठलाई सम्मान

रोहन जि.सी, बागलुङ

युवाहरुको नेतृत्व र क्षमता बिकासमा सक्रिय बागलुङ जेसीजको ४६ औ पदस्थापना, पुरस्कार बितरण, बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङ जेसीजको ४६ औ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापना तथा बर्ष २०२३ मा विभिन्न विधाबाट उत्कृष्ट जेसीज सदस्यहरुलाई अवार्ड वितरण तथा पुरस्कार वितरण कार्यक्रम गरिएको हो ।

सो अवसरमा बागलुङ जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष सौरभ श्रेष्ठले बर्ष २०२४ का शाखा अध्यक्ष गणेश महतोलाई पदस्थापन गराउनु भएको थियो । कार्यक्रममा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित सौरभ श्रेष्ठलाई बधाई सहित सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेलले युवाहरुलाई नेपाल राख्ने अभियानमा सवै लाग्नुपर्नेमा जोड दिनुभयो । देश बनाउने जिम्मा हामी सवैको भएकाले सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख तथा बागलुङ जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, नेपाल जेसीज क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष अनुप सुनुवार, बागलुङ जेसीजका संस्थापक अध्यक्ष सिनेटर श्याम श्रेष्ठ, बागलुङका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, बुटवल जेसीजका अध्यक्ष हरिबिक्रम कुवँर, पर्वत जेसीजका अध्यक्ष मिलन पौडेल, बागलुङ जेसीजका लिडर्स अध्यक्ष दिवाकर शाक्य र प्रगति स्मृति कोषका संस्थापक संरक्षक कृष्णबहादुर श्रेष्ठले मतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ जेसीज बर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठ र बर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, कानुनी सल्लाहकार आनन्दप्रसाद रेग्मीको स्वागत र बर्ष २०२३ का महासचिव अञ्जिला श्रेष्ठ र बर्ष २०२४ का महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *