श्रमिक महिला दिवसमा आदर्शद्धारा मानव आश्रमलाई सहयोग

आदर्श अनलाइन, बागलुङ

११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)को देशव्यापी रुपमा कुनै रौनकता छैन ।

दिवसका अवसरमा हुने फरक फरक सोच र सन्देश सहितका कुनै पनि औपचारिक सभा समारोह विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरसका कारण पूर्व घोषित र निर्धारित पनि स्थगित भए । तर, आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले महिला दिवसका अवसरमा मानव सेवा आश्रम बागलुङलाई एक थान दराज हस्तान्तरण गरेको छ ।

खुल्ला र बृहत कार्यक्रम नगरी आश्रमका लागि आवश्यक दराज हस्तान्तरण गरिएएको आदर्श सञ्चार सहकारी संस्थाकी अध्यक्ष हुमा कुमारी जिसी अञ्जुले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रमका अभियन्ता सुमिरा लामा, सहकारी संस्थाका महिला विकास उपसमिति सदस्य दुर्गा खड्काले महिला दिवस र परोपकारी कार्यका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष जिसीको अध्यक्षता,सहसचिव सरस्वति खड्का परियारको स्वागत मन्तव्य र सचिव ललिता थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *