आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्यहरु कमलराज शर्मा र विमल शर्माका बुवा तथा कविता जि.सी. शर्माका ससुरा बागलुङ नगरपालिका–३ सुल्डाँडा निवासी ढुण्डीराज शर्माको निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभासँगै राहत हस्तान्तरण गरेको हो ।
शर्माको निधन भएको दशौैं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको हो । श्रद्धाञ्जली सभामा संस्थाका सल्लाहकार सुरेश प्रसाद श्रेष्ठ, सञ्चालक अम्बिका जि.सी., प्रबन्धक दिपकराज सापकोटा, कार्यालय सहायक मनकुमारी के.सी. (करिश्मा) लगायतले एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. पन्ध्र हजार रुपैयाँ स्वर्गीय शर्माका छोरा विमल शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।